+
Search

ताजा अपडेट +

पपुलर +

अष्ट्रेलियामा प्रकाश सपूत, प्रिती आले र कविता नेपालीलाई भव्य स्वागत

4KNationalDaily
२०७६ भाद्र ५, बिहीबार ०९:३८ बजे

काठमाडौं- तीज आउन अझ केही समय बाँकी रहे पनि अस्ट्रेलियामा भने तीजको रौनकले छोइसकेको आभाष पाउन थालिएको छ ।

अस्ट्रेलियाभर रहेका विभिन्न नेपाली संघ, संस्थाहरूले तीजलाई आआफ्ना तरिकाले मनाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन् ।

यसै क्रममा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बाक्लो उपस्थिति रहेको ठाउँ सिड्नीको अर्बनमा अवस्थित अबर्न नेप्लिज कम्युनिटीको आयोजनामा यही अगष्ट २४ तारिख शनिबारको दिन सिड्नीको लिड्कमस्थित वायाट पार्कमा ‘अबर्न तीज महोत्सव २०१९’ को आयोजना हुँदैछ ।

सो महोत्सवमा चर्चित लोकगायक बद्री पंगेनी, प्रीति आले, प्रकाश सपुत, कविता नेपालीका अलावा स्थानीय कलाकारहरूको प्रस्तुती रहने अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अशोक उप्रेतीले बताए ।

बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने सो महोत्सवमा कलाकारहरूले विभिन्न तीज गीत, लोक गीतका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरू पनि रहनेछन् ।

महोत्सवमा स्थानीय कलाकारहरु सुजाता नेपाली, निखिला चापागाईं, अस्मिता अधिकारी, सुजाता ठकुरी, बिबेक कँडेल, अनिल बस्नेत, सुनिल बस्नेत, रक्षा केसी, सरिना सैँजु, सिमोन श्रीपाली, स्नेहा घिमिरे, ग्रानभिल नेपाल ग्रुप लगायतको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily