+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा दरबारको पुनःनिर्माणमा ठेकेदारको हेलचक्राई : कामसक्ने भन्नेभन्दा म्याद थप्नै बढि चासो

4KNationalDaily
२०७६ श्रावण ३०, बिहीबार १९:१६ बजे

गाेरखा- चारसय बर्ष पुरानो इतिहास बोकेको गोरखा दरबारको पुनर्निर्माणको काममा ठेकेदार कम्पनीले लापरबाही गरेको छ ।

मंसीर ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने दरबारको ठेकेदारले अहिलेसम्म जगमात्र पुर्ने काम भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

२०७४ कात्तिक महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी पचली भैरव शिवाको जेभीले अहिलेसम्म जग मात्र निर्माण गरेको छ । २२ महिनाको अवधिमा जम्मा जग पुर्ने काम मात्र सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाको भनाई छ ।

‘दरबार निर्माणको आधिकारिक कुरा हामीले केही पनि बोल्न मिल्दैन, किनभने दरबार पुनर्निर्माण बारे हाम्रो कार्यालयलाई कुनै पनि चिठी पनि छैन, बोधार्थ पनि छैन’ अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘अहिलेसम्म जग मात्र तयार भएको त सबैले देखेको कुरा हो ।’

पाँचसात जनाले इटा धुने काम गरिरहेका तर गत सोमबारदेखि त्यो पनि रोकिएको उनले बताए ।

२ महिनासम्म जग पुर्न मात्र लाग्नुमा पुरातत्व बिभागको पनि धेरथोर कमजोरी रहेको बिभागका कायममुकायम महानिर्देशक दामोदर गौतमको भनाई छ ।

‘ढिला भएको पक्कै हो’, उनले भने, ‘त्यसमा ठेकेदारको गल्ती त छँदैछ, तर ठेकेदारको मात्र नभै हाम्रो कमजोरी पनि छ ।’ ठेक्का सम्झौता भइसकेपछि जगको अध्ययन गर्न आठ महिना खर्च भएको उनले बताए।

‘पहिले जगको राम्ररी अध्ययन नै नगरी डिजाइन इस्टमेट भयो । त्यही अनुसार ठेक्का सम्झौता भयो, तर जब जग खनियो, तब ठूलाठूला खाल्डा भेटियो’, उनले भने, ‘त्यसपछि बल्ला जगको भौगर्भिक अध्ययन गरेर डिजाइन इस्टमेट परिवर्तन गरेर काम सुरु गर्दा आठ महिना बित्यो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily