+
Search

ताजा अपडेट +

पपुलर +

अफगानिस्तानसँग मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे रोमाञ्चक जित

4KNationalDaily
२०७६ श्रावण ३०, बिहीबार ०७:४३ बजे

काठमाडौं– नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा रोमाञ्चक जित हात पारेको छ।

भदौ २ गतेबाट सुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएकाे छ ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा बुधबार भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २२-२५ गुमाएको नेपाल दोस्रो सेटमा लयमा फर्किएको थियो।

नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५-१७, २५-२१ ले आफ्नो पक्षमा पारेको थियो। नेपालले चौथो सेट नेपालले २५-२३ ले गुमायो।

दुवै टोलीले दुई÷दुई सेट जितेको अवस्थामा पाँचौं तथा निर्णायक सेट नेपालले १५-१३ ले जितेको थियो। सुरुआती सेटमा केही अत्तालिएको नेपालले खेलभर प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily