+
Search

ताजा अपडेट +

पपुलर +

टेलिफोनको टावर’मा आकाश र एलिसाको रोमान्टिक प्रेम

4KNationalDaily
२०७६ श्रावण २७, सोमबार १०:३८ बजे

काठमाडौँ-  नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।

यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily