+
Search

ताजा अपडेट +

पपुलर +

प्रि-सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडको अर्को हार

4KNationalDaily
२०७६ श्रावण २७, सोमबार १०:३० बजे

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले अर्को हार बेहोरेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको १६औं मिनेटमा कप्तान मार्सेलोको गोलबाट रियलले अग्रता लिएको थियो ।

३४औं मिनेटमा डिएगो पेरोटीले गोल गर्दै बराबरी बनाए । त्यसपछि ३९औं मिनेटमा क्यासमिरोले गोल गरेपछि रियालले पुन अग्रता लियो तर, त्यसको १ मिनेटपछि नै इडेन जेकोले बराबरी गोल फर्काएपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल थप गोल नसक्दा खेल पेनाल्टीमा पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily