काठमाडौं- बलिउड सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’को ट्रेलर रिलिज भएको छ। फिल्ममा प्रभास एक गुप्तचरको भूमिकामा छन्।
२०१७ अप्रिलमा प्रभासको ‘बाहुबली २’ रिलिज भएको थियो। २ वर्षपछि उनी ‘साहो’ लिएर फर्किएका हुन्। प्रभासले ट्रेलर रिलिजको क्रममा एउटा खुलासा गरेका छन् कि ‘साहो’ फिल्मका लागि उनी यति धेरै समय दिन चाहँदैन थिए।
प्रभासले आफ्नो अर्को फिल्मको सुटिङ सुरु गरिसकेका छन्। यस उक्त फिल्मको निर्देशन राधा कृष्णाले गरिरहेका छन्। यस फिल्मको बारेमा प्रभासले भने, ‘मैले नयाँ फिल्मको सुटिङ सुरु गरिसकेको छु। २० दनको सुट भइसकेको छ । आशा छ कि यस फिल्मपछि म एकै वर्षमा ई वटा फिल्म गर्नसकुँ।’
‘साहो’ अगस्ट ३०मा रिलज हुँदैछ। यस फिल्मलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिनेछ। फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यरको भूमिका छ।
त्यसैगरी फिल्ममा जैकी श्रॉफ, चण्डी की पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश विलेन्स लगायतका कलाकारको भूमिका छ। फिल्मा करिब ३ सय करोड लगानी गरिएको निर्माण टिमले बताएको छ।
यस्तो छ फिल्मको ट्रेलरः
प्रतिक्रिया