काठमाडौं- नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजक समेत रहेका संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिदिन आग्रह गरेका छन्।
भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पु¥याउनका लागि साइट,फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका छन्।
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई विश्वस्तरमा प्रचार पु¥याउनका लागि सहयोगको आव्हान मन्त्री भट्टराईले गरेका हुन्।
‘नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि विश्वको हरेक कुना,तह र तप्कामा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुबाट उल्लेखनिय सहयोगको अपेक्षा गरेको छु,’ भट्टराईको विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रतिक्रिया