+
Search

ताजा अपडेट +

पपुलर +

‘मेरो माया के हो’ मा अंकितसंग रोमान्टिक बनिन् साम्राज्ञी

4KNationalDaily
२०७६ श्रावण २४, शुक्रबार १६:४० बजे

काठमाडाैं- राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रातो टिका निधारमा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा डेब्यु ब्वाई अंकित शर्मा र सम्राज्ञी आरएल शाह फिचर्ड छन् ।

निर्माता तथा निर्देशक अशोक शर्माले फिल्मको रणनीति अनुसार नै रोमान्टिक नम्बर सार्वजनिक गरेको बताए । सार्वजनिक ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ ।

यसलाई कल्याण सिंहले कम्पोज गरेका हुन् भने रवि मल्लको शब्द रहेको छ । गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन् । ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यसफिल्ममा रि-एरेञ्ज गरिएको छ , जसलाइ निर्माण पक्षले केहि दिनपछी सार्वजनिक गर्नेछ ।

किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ ।

फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेकाछन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily