+
Search

ताजा अपडेट +

पपुलर +

न त ‘फङ’को अर्थ समाज हो न त ‘फुङ’को नै

4KNationalDaily
२०७६ श्रावण २४, शुक्रबार ०८:२९ बजे

अतिमान घले

उत्तरी गोरखामा बोल्ने हाम्रो स्थानिय भाषामा यतिखेर एक खालको अन्यौल पैदा गरिएको छ दुई वटा शब्दले, त्यो हो फङ र फुङ।

त्यस क्षेत्रमा बसोबास गर्ने र त्यहिको स्थानिय भाषाबाट बोली फुट्ने र फुटाउने अरु पनि जातीहरु नभएका होइनन्, तर बहुमत गुरुङ र घले समुदायको छ।

घले समुदायले फङको अर्थ समाज भनेका छन भने गुरुङ समुदायले फुङको अर्थ समाज भनिरहेका छन्।

म स्वयं आफू पनि त्यहिको समाज र भाषामा जन्म पश्चात आमा शब्दलाई “मअ” (उच्चारनमा अ लाई आधा लुकाइन्छ) भनी बोली फुटाउदै त्यहिको भाषा बोल्ने एक नागरिकको हैसियतले आफ्नो अभिव्यक्ति राखिरहदा ‘न फङको अर्थ समाज हुन्छ, न त फुङ्को नै’।

‘फङ’ को अर्थ त खोई जानिएन पनि, ‘फुङ’ को अर्थ भन्ने ‘जम्मा पार्नु’ हुन्छ। तर यहाँ गलत अपब्याख्या भयो।

यी दुई शब्दलाई एक ठाउँ जोड्ने हो भने ‘फङफुङ’ बन्छ, जसको अर्थ त्यहाको स्थानिय भाषामा ‘भताभुंग’ हो। मैले जाने अनुसार त ‘समाज’ लाई ‘तअयु’ वा ‘तैम्हि’ भनिन्छ। ‘तअ’ को अर्थ ‘गाउँ’ अनि ‘यु’को अर्थ ‘हरु’ हुन्छ, त्यस्तै ‘तै’ को अर्थ पनि ‘गाउँ’ र ‘म्हि’ को अर्थ ‘मान्छे’ हो। अत: गाउहरु वा गाउलेहरु भन्नु नै समाज बुझिन्छ।

भाषा एउटै हो, ठाउँ अनुसार त्यहाको हाम्रो स्थानिय भाषामा केही तुलनात्मक शब्दहरु एक गाउबाट अर्को गाउमा हेर्दा आंशिक रुपमा केही फरक त छ तर छुट्टै भाषा भने होइनन्। लभास (बोल्ने शैली) मा भने अरु भाषाहरुमा झै एकरुपता छैन।

सायद सन्सारकै हाम्रो यो भाषा एक होला, जो ठाउँ पिच्छे त्यहिको डाडाकाडा, खोलानाला र झरना संगै भिन्नभिन्नै लयमा बोलिन्छ। ठ्याक्कै नेपाली लोक गीत संगितमा जस्तै भाषा र शब्द एक, भाका अनेक।

यिनै भाषामा फङ र फुङ यी दुई शब्दले एक खालको यस्तो बिकृती पैदा गरायो कि जसले हिजो संगै एउटै थालमा भात खाई हिनेका साथिभाईलाई समेत त त र म म मा बिभाजन गराई एक प्रकारको दुरी बढाई राख्यो।

अझै पनि हाम्रा केही घनिष्ठताहरुमा कहि न कहि केही न केही शंका उपशंका वा एक प्रकारको डर त्रास उब्जाई रहेछ यिनै फङ र फुङ भन्ने दुई शब्दले।

यहि भाषा कसैले घले भाषा भन्छन् त कसैले गुरुङ भाषा भन्न थाले। कहिले देखि घले भाषा वा गुरुङ भाषा बने यो खोइ, इतिहास साक्षी होला म जान्दिन। बस मलाई यति थाहा छ यो हाम्रो स्थानिय भाषा हो, भाषा माथी राजनितिकरण फेरि नहोर्‍याइयोस। भाषा प्रती गर्व गर्न सकौं।

यसो भनिरहदा समाजका जान्नेबुझ्ने बुद्धिजीवीहरु वा कसैले कतै मलाई फङ र फुङको कुनै एक पक्षमा नउभ्याइयोस। किनकी मैले फुर्सदको बेला आफैले नबुझिरहेका ती तर्कहरुको स्वत: स्फुर्त स्वतन्त्रतापूर्वक देशको संबिधानले दिएको वक र बिचार स्वतन्त्रताको सदुपयोग गरिएको मात्रै हुँ, न म कुनै भाषा बिज्ञ हुँ न त बिद्वान नै।

म चाहन्छु कसैलाई मेरो बिचारले ठेस नपुर्‍यओस, बरु हाम्रो भाषा सस्कृती भित्र यति कुनै त्यस्तो अन्यौल पैदा भएको छ भने त्यसले थप बिकृती ननिम्त्याई रहोस।

यसमा कतिपयले बलेको आगो बनाई घ्यु थपी थपी ढाड सेक्दै आरमले न्यानो लिने काम पनि गरे होलान्, यता आरम लिदा उता डढ्छ भने त्यो आरम कसैको लागि हराम बन्न सकिन्छ।

त्यसैले हाम्रो आ-आफ्नो कमिकम्जोरीहरुमा हामी आ-आफैले आत्म समर्पण गर्न सकौं अनि साच्चै नै एउटा बास्तबिक “फुङ” अर्थात जमाउने कामको सृजना गरौं।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily