+
Search

ताजा अपडेट +

पपुलर +

लोक संगीतका बादशाह रायमाझीको दुनिया रुवाउने मर्मस्पर्शी तिज गीत सार्वजानिक [भिडियो]

4KNationalDaily
२०७६ श्रावण २१, मंगलवार ०८:५४ बजे

गोरखा- अहिले लोक सागीतिक क्षेत्रमा दिनको दर्जनौ दर्जन नया गित सृजना भएको हुन्छ भने प्रत्येक दिन दर्जनौको दर्जन म्युजिक भिडियो बजारमा सार्वाजनिक भएको छ ।

अझै भनौ नेपालि हरुको महान पर्व दशैँ तिहार र तीजमा यसको संख्या ह्वात्यै बड्ने गरेको छ । यहि मेसोमा नेपालि हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज नजिकिदै गर्दा अहिले तिज गित निकाल्नेको तछाडमछाड नै छ भन्दा फरक नपर्ला ।

पहिले पहिलेको गीतहरुमा अझै भनौ तिज गीतहरुमा मौलिकता भन्ने कुरा मज्जाले सुन्न र देख्न पाइन्थियो तर पछिल्लो समय तिज पर्वलाई मनाउने र यस पर्वमा गाइने गीतमा निक्कै आधुनिक हुदा बिकृति भित्रदा दिन प्रतिदिन दर्शक श्रोता र स्रसटाहरुले नै यसको खुलेर बिरोध गर्दै आएका छन् ।

तथापी मौलिकता र हाम्रो समाजको यथार्त चित्रण गरिएका समाजको ऐनाको रुपमा प्रस्तुत हुने बिशेसत तिज गित भनेपछि घाउघरको कुना कुनामा रहेका अशिक्षित गरिव दुखि र बिकट स्थानमा रहेका नारीहरुले छोरिबुहारिहरुले भोग्दै आएको पिडा दुख पोख्ने पर्वको रुपमा लिएको यस पर्वलाई गित मार्फत प्रस्तुत गर्ने गरिन्छ ।

यहि मेसोमा एउटा नया गित तर निक्कै मार्मिक र मौलिक गित दर्शक श्रोताले हेर्न सुन्न पाएका छन् ।

लोक संगीतमा बिगत लामो समय देखी आफुलाई बादशाहको रुपमा परिचित रहदै आएका गायक सर्जक शब्द संकलक संगीतकार यतिमात्र परिचयले उनको परिचय सकिन्न ।

पछिल्लो समय नेपालि चलचित्रमा निर्देशनको रुपमा डेब्यु गरेर पनि चलचित्र क्षेत्रमा नै एउटा रेकर्ड राख्न सफल ‘गोर्खा पल्टन’ , ‘परदेश’ जस्ता सुपरहिट चलचित्रका निर्देशक पनि हुन् अग्रज कलाकार नारयण रायमाझी ।

लोक संगीतको क्षेत्रम कोहि प्रवेश गर्दैछन भने बिरलै बाहेक उसको इच्छा पक्कै पनि म नारायण रायमाझी जस्तो बन्न सकु भन्ने रहन्छ ।

दिनहुँ यूट्यूवमा नयाँ–नयाँ तिजगीत सार्वजनिक भइरहँदा लोकगायक तथा निर्देशक नारायण रायमाझीले मार्मिक तिजगीत सार्वजनिक गरेका छन् ।

‘हे मेरी आमा’ बोलको गीतमा देवी घर्तीको स्वर रहेको छ । नेपालि हरुको अनिवार्य जस्तै बन्दै गएको बाध्यता परदेशीएका श्रीमान, रोगी सासु–ससुरा अनि घरको काम चुलो र चौका र व्यवहारको ठुलो पहाडको जिम्मेवारीले थिचिएकी एक बुहारीले तिजमा माइत जान मन गर्दा बाध्यात र बिबस्ताले घर छोड्न नपाउँदाको पीडालाई गीतले ऐनाको रुपमा दर्शा सामु व्यक्त गरेको छ ।

गीतका शब्दहरु अर्का चर्चित सर्जक गयाक रमेश बिजीले कोरेका हुन् । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ ।

सार्वाजानिक भएको गीतको म्युजिक भिडियो हेर्दा जोकोही दर्शकको आँखा रसाउँछ । करिब ११ मिनेटको भिडियो भित्र गीतको भावअनुकुल एकदमै स्वादिला र गहकिला संवादहरु पनि राखिएका छन् भिडियोमा।

मुख्य भूमिकामा अनुष्का अधिकारीको अभिनय उत्कृष्ट छ जसले भिडीयोलाइ थप आकर्षक बनाएको छ । अन्य कलाकारहरुमा हिमाला गौतम, रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायत छन् ।

भिडियोको निर्देशन रायमाझी स्वयम्ले गरेका हुन् । एरेन्ज बिबि अनुरागीको रहेको छ भने छायांकन र सम्पादनर कलर मिराज अर्यालले गरेका छन् ।

रिमा इन्टरटेन्टमेन्ट नेपालको यूट्यूव च्यानलमा गीत सार्वजनिक भएको हो । गीतलाई दुई दिनभित्र करिब दुई लाख बढि भ्यूज पाइसकेको छ । दर्शकहरुले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

हाम्रो सस्कृति र मौलिकता मरेको छैन भन्ने बलियो प्रमाण पनि हो यो गित हाम्रो सस्कृति र मौलिकता मरेको छैन भन्ने बलियो प्रमाण पनि हो यो गित ।

हरेक नेपालि दर्शक श्रोताको मनमुटुमा बस्न सफल नारायण रायमाझीका यसअघिका हजारौको हाराहारीमा रहेका सृजना पनि अजम्बरी र सदाबहार प्रिय बनेर बसेका छन् ।

भिडियो 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily