गोरखा- पालुङटार नगरपालिकामा रहेको बौद्ध हिमाल युथ क्लव गण्डकी प्रदेशस्तरीय फुटवल प्रतियोगिताका लागि छनौट भएको छ ।
जिल्ला लिगको विजेता बन्दै बौद्ध हिमालले प्रदेश स्तरीय लिग खेल्ने अबसर प्राप्त गरेको हो पालुङटारमा हिजो भएको फाइनल खेलमा हरमटारी क्लवलाई ३–१ गोल अन्तरले हराउँदै बौद्ध हिमाल विजयी भएको थियो ।
जीतसँगै उसले ५० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उपविजेता हरमटारीले २० हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएको छ । जिल्ला फुटवल संघ गोरखामा आवद्ध ११ क्लवको जिल्लास्तरीय लीगमा सहभागीता रहेको थियो ।
प्रदेश स्तरीय लीगको भने मिति निश्चित नभैसकेको जिल्ला फूटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया