गोरखा- अन्तरास्ट्रिय मान्यता प्राप्त सामाजिक सस्था लायन्स क्लब अन्तरास्ट्रियको शाखा सस्थाको रुपमा गोरखामा नया सस्था लायन्स क्लब अफ गोरखा सिटिको विधिवत स्थापाना भएको छ।
हामि सेवा गर्छु भन्ने मुल नाराका साथ् स्थापना भएको यस सस्था बिस्वको २०० भन्दा बढि मुलुकमा आफ्नो कार्यलाई अगाडि बडाएको छ । हाजारौ क्लब र लाखौको संख्यामा लायन सदस्यहरुले सामाजिक कार्यमा आफुलाई अगाडि बडाइरहेका छन् ।
सोहि अनुसार गोरखामा पनि नया शाखाको रुपमा बिधिवत् रुपमा नया क्लब संचालनमा आएको हो ।
लामो समय देखि लियो क्लब गोरखामा आवद्द सदस्यहरुले आफुले लियो बाट प्राप्त सिकाइ र अनुभवले नया क्लबमा रही आफ्नो सामजिक कार्यलाई अझै ससक्त रुपमा लैजाने उद्देश्यका साथ् क्लब स्थापान गरिएको बताउछन क्लबका अध्यक्ष कर्ण बहादुर गुरुङ ।
लायन्स क्लब अफ पोखरा प्याराडाइजको स्पोन्सरमा खुलेको गोरखा सिटि क्लबले मंगलबार गोरखा सदरमुकाम स्थित होटल गोरखा प्यालेसमा एक कार्यक्रमका बीच पूर्ण कार्यसमिति चयन गरेको छ ।
कर्ण बहादुर गुरुङकाे अध्यक्षमा नया निर्वाचित कार्यसमिति चयन गरिएकाे छ । जसमकाे प्रथम उपाध्यक्षमा जे बानिँया, सचिवमा सन्दिप खत्री कोषाध्यक्षमा रबिन बलामी चयन भउका हुन् ।
क्लब एडमिनमा अस्मिता थापा मगर, मेम्बरसीप चियरपर्सनमा सुमन श्रेष्ठ, एलसिअाइफमा कर्डिनेटरमा टेक बहादुर थापा मगर, क्लब सर्भिस चियरपर्सनमा रिक्त बहादुर बानियाँ, क्लब मार्केटिङमा कम्युनिकेसनमा तारा बहादुर थापा, क्लब मार्केटिङमा सबिन केशी, पब्लिक रिलेसन अफिसरमा प्रबिन श्रेष्ठ, चिफ प्रोग्राम संयाेजकमा रेखा तामाङ लोप्चन चयन भएका छन् ।
त्यस्तै, शिक्षा बिभाग प्रमुखमा कृष्ण पुडासैनी, स्वास्थ्य बिभाग प्रमुखमा शिवराज जोशी, खेलकुद बिभाग प्रमुखमा नरेश बराम, सास्कृतिक एव मनोरञ्जन बिभाग प्रमुखमा मन्जु गुरुङ र मिडिया कोडिनेटरमा मिलन उपरकोटी चयन भएकाे क्लवले जनाएकाे छ ।
सदस्यहरुमा प्रमोद कुश्वाह, काशी माया आले मगर, सोम प्रसाद गुरुङ, आशिष् बस्नेत, सन्दिप श्रेष्ठ, धनराज घले, अन्य साधारण सदस्य चयन गरिएको सस्थाका सचिव लायन सन्दिप खत्रीले जानकारी दिए ।
सस्थाले पदपूर्तिकार्य सम्पन्न गरेसंगै क्लब अध्यक्ष गुरुङको अध्क्ष्यतामा बसेको बैठकले सस्थाको सचिवालय कार्यालय राख्ने र आर्थिक कारोवारलाई दुरुस्त र पारदर्शी बनाउका लागि नपाल रास्ट्र बैङ्कबाट क बर्गको मान्यता प्राप्त बैंकमा खाता खोल्ने र सबै हिसाब किताव लिदा दिदा बिल, रसिदको प्रयोग गरि पारदर्शी बनाउने कुरामा क्लबले निर्णय गरेको छ ।
सस्थाले नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाइ प्रमोट गराउने उदेश्यका साथ नया कार्य गर्ने पनि जनाएको छ
प्रतिक्रिया