काठमाडौं– गायिका अनिता चलाउनेको यो वर्षको तीज गीत ‘टिकटकमा भिडियो’ सार्वजनिक भएको छ ।
टिकटकको क्रेज दर्शाउने तीज गीत लेखन प्रल्हाद सुवेदीको हो । बसन्त थापाले संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।
गीतको म्युजिक भिडियोमा गायिका अनिताका साथै अहिलेका चर्चित दुई हास्य पात्र ‘फुलन्देकी आमा र काउली बुढी’ले अभिनय गरेका छन्।
भिडियोको निर्देशक शिव विक हुन् । गायिका चलाउनेका ‘सेतो कपालैमा’, ‘तम्राइ रुपले’, ‘सुदूरकी चेली’लगायतका गीत चर्चित छन् ।
भिडियो
https://www.youtube.com/watch?v=1ioLds1EqUA
प्रतिक्रिया