काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो ।
मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो।
चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी दिएका थिए। विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए।
श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेपछि उनी प्रहरीको खोजी सुचीमा रहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया