+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीको अधिकार कटौती गरेर शसस्त्रलाई बलियो बनाउने तयारी, महानिरीक्षक खनालले जनाए आपत्ति

4KNationalDaily
२०७६ श्रावण १३, सोमबार ०७:५६ बजे

काठमाडौं- नेपाल प्रहरीको क्षेत्राधिकार कटौती गरी सशस्त्र प्रहरी बललाई दिने विषयमा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।

अपराध अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई र सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने विषयले समितिमा चर्चा पाएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन्।

सत्तारुढ दल नेकपाका सांसद नेपाल प्रहरीको अधिकार कटौती गर्नुपर्ने पक्षमा उभिएका छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकयमाथि समितिमा छिट्टै दफाबार छलफल हुँदै छ।

सोही विधेयकमा व्यवस्था भएको नेपाल प्रहरीको काम, कर्तव्य र अधिकारको विषयमा सरकारले गरेको प्रस्तावमाथि सांसदहरूले बहस गरेका हुन् ।

तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै पाउनुपर्ने बताएका छन् ।

उनले राजमार्गको सुरक्षा नेपाल प्रहरीले नै गर्नुपर्ने, लोकमार्गमा हुने अपराध नियन्त्रणसमेत नेपाल प्रहरीसँग सम्बन्धित हुने बताए ।

‘हुलदंगा भए, कफ्र्यु लगाउनुपर्ने भयो भने एपिएफदेखि नेपाली सेनासम्म नै परिचालन गर्नुपर्ने स्थिति आउला,’ उनले भने ।

एपिएफले कस्टडी राख्न पाउने कानुनी अधिकार नभएकाले अपराध अनुसन्धानको जिम्मा नेपाल प्रहरीकै हुने महानिरीक्षक खनालको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily