गोरखा- गोरखा बजारमा रहेको गोरखा संग्रालय १ लाख दर्शकले अवलोकन गरेका छन ।
गोरखा नगरपालिका ६ को ठुलो आँगनमा रहेको गोरखा संग्रालय स्वदेशी तथा विदेशी गरी कुल ९८ हजार १ सय ३६ जनाले अवलोन गरेका गोरखा संग्रालय प्रशासनले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७५ र ०७६ मा नेपाली तथा विदेशी गरी उत्त संख्याले गोरखा संग्रालयको अवलोकन गरेको हो ।
गोरखा राज्य स्थापना र नेपाल एकिकरण सम्मका ऐतिहासिक दस्तावेज र पुरातात्वीक सामाग्री तथा जनजातीहरु झल्काउने डमी, पुराना बाजा, पुराना पैसा, मानापाथी र तात्कालिन राजा एवं एकताका प्रतिक पृथ्वीनारायण शाहको ५२ हात लामो चिना समेत संग्रालयमा प्रर्दशनका लागि राखिएको छ ।
स्वदेशी तथा विदेशबाट ईतिहास बुझन आउनेहरुको लागि मुख्य थलो बनेको गोरखा संग्रालयमा आर्थिक वर्ष ०७४र०७५ को तुलनामा ३०।७६ प्रतिशतले अवलोकनकर्ता बढेको संग्रालय प्रमुख नवराज अधिकारीले बताए ।
अधिकारीका अनुसार आर्थिक बर्ष ०७५र०७६ मा गोरखा संग्रालय अबलोकन गर्ने मध्ये सबै भन्दा धेरै बिद्यार्थीहरुको संख्या रहेको छ । ४० हजार २ सय १५ जना बिद्यार्थीहरुले उत्त आर्थिक वर्षमा संग्रालयको अवलोकन गरेका थिए ।
त्यस्तै गरी सबै भन्दा कम दक्षिण एसियाली मुलुकका विदेशीहरु रहेका छन । संग्रालयको रेकर्डमा जम्मा ६० जनाले मात्र उत्त अवधीमा अवलोकन गरेका थिए ।
सोही अवधीमा १ हजार ६ सय ५० जना विदेशी नागरिकहरुले अवलोकन गरेका थिए भने ५६ हजार २ सय ११ नेपालीहरुले उत्त अवधीमा संग्रालयको अवलोकन गरेको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक बर्षको ०७५ साल मंसिर महिनामा मात्रै सबै भन्दा धेरै १७ हजार ८२ जनाले अवलोकन गरेका थिए भने सबै भन्दा कम ०७५ असोजमा ४ हजार ३ सय ९५ जनाले संग्रालयको अवलोकन गरेका थिए ।
१ लाख बरावरको अबलोकन कर्ताबाट संग्रालयले १९ लाख ७५ हजार ४ सय २५ रुपैयाँ राजश्व जम्मा गर्न सफल भएको छ ।
प्रतिक्रिया