+
Search

ताजा अपडेट +

पपुलर +

शान्ती श्री परियारको आवाजमा रहेको ‘फुलमती चनमती’ले बजार तताउदै [भिडियाे]

4KNationalDaily
२०७६ श्रावण १२, आईतवार १८:३० बजे

कला चल्छ गला चल्छ मान्छे अछुत किन
जाने बुझ्नेहरुले नै पर्यो जवाफ दिन………………..

गीत लेख्नु संगीत भर्नु स्वर दिनु मात्र ठूलो कुरा होइन तर देशको मौलिकपन, समय सान्दर्भिकता र समाज चित्रण गरेर गीत निकाल्नु चाहिँ महत्त्वपूर्ण बिषय मानिन्छ ।

सबै गीत संगीतले समाज रुपान्तरणमा टेवा पुर्याउछ भन्ने छैन, जुन गीत जसले समाजको चालचलन, रितिरिवाज, सस्कृती बोकेको हुन्छ त्यो गीतले भने अवष्य सहयोग पुर्याएको हुन्छ । यसको अर्को रुप हुन सक्छ पछिल्लो समयको तीज गीत फुलमती चनमती ।

गीत संगीतको क्षेत्रमा शान्ती श्री परियार कुनै नौलो नाम होइन । अनुशासित गायिकाको पर्याय बन्न सफल गायिका परियारले सयौ गीतहरुमा सुमधुर आवाज भरिसकेकी छिन ।

यद्यपि ‘बोलमाया’ र ‘गलबन्दि’ले झन लोकप्रियताको शिखर चुम्न सफल बनायो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै जादा तीज गीतले बजार पाउनु नौलो कुरो होइन तर शान्ति श्रीले विशेष महत्त्व राख्ने तीज गीत ‘फुलमती चनमती’ बजारमा ल्याएर अर्को सन्देश दिएकी छिन ।

सो गीतमा शान्तीलाई ज्ञानु परियार र खेम सेन्चुरीले स्वरमा साथ दिएका छ्न भने शब्द नेत्र अर्यालले लेखेका हुन ।

पछिल्लो समयको चर्चित सर्जक तथा संगीतकार खेम सेन्चुरीको लय रहेको यस गीत लाई स्वयं गायिका शान्ती श्रीको आफ्नै यूट्यूब च्यानलबाट बजारमा ल्याएको छ ।

शिव बिकको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियोमा अन्जली अधिकारी र शान्ती श्री परियारले अभिनय गरेका छ्न् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily