‘सुदन, जीन्दगीमा जस्तो परिबेश आएपनि पाइला अगाडीकैे चाल्नुपर्दोरहेछ।’ उसले यसो भनिसकेपछि एकछिन टोलाइरह्यो । यो बाक्य फगत एक बाक्य थिएन ।
जब शब्दमा मानिसका अनुभब बोल्छ ,उसको भोगाइ बोल्छ ,उसको भावना बोल्छ त्यो फगत शब्दमात्र रहन्न । उसको परिवारमा अनपेक्षित,अकल्पनीय दुर्धटना धेरै चाँढो आयो । जीन्दगीको यो निर्मम यथार्थसँग सात्क्षात्कार हुन नपाउँदै उसले फल भोग्यो । यो बारे कुरा पछि गरौंला ।
अहिले,उपलब्धिका कुरा गरौं ।
किनकी ,उसले शोकलाइ शक्तमिा बदलेर धेरै गरिसक्यो ।
आफ्ना लागी होइन ,आफ्नो पुस्ताका लागी ।
किनकी पीडा हरेकको जीवनको अपरिहार्यता हो ।
पीडालाइ संगालेर उपलब्धि चम्नु कमैको बिशेषता हो ।
×××
प्रदिश पौडेल ।
नेपालको एक मेडिकल कलेजमा अन्तिम बर्ष अध्ययनरत ।
संयुक्त राष्टसंगको दिगो बिकास कार्यक्रमका लागि संसारभरबाट छानिएका पचासमध्य एक यूवा ।
‘आइडियाज फरका नेपाल’ संयोजक ।
शहरी बिकासमा केहि गर्न खोज्ने युवा ।
केहि महिनाअघि तराइका कयौं भु-भागमा आएको बाढीपहिरोमा अकल्पनीय क्षति भयो । हामी सबै आफ्नो नियमित पढाइमा थियौं ।
आफ्नो गाउँघरमा परेको क्षतिलाइ आफ्नो तर्फबाट केकसरी सहयोग गर्न सकिन्छ भन्ने साथी राकेशसँग भएको छलफलपछी प्रदिशको अगुवाइमा सय घरधुरीमा खाना पकाउने चुल्यो,पकाउने भाँडा प्रदान गर्न साथीहरु गए ।
मध्यरातमै आफ्नै बाइकबाट सँगै गएको प्रबिनले आएपछि भन्यो , ‘हैट, लास्टै डर लागेको थियो हाइवयमा यात्रा गर्दा , तर पीडितकोमा गएर आफूले सकेको राहत बाँडेपछि कम्ता सन्तोष मिल्ने रहेनछ’।
म त गइन ।
तर ,साथीहरुले केहि दिनमै संकलन गरेका सहयोग बास्तबिक पीडितकोमा पुगेको सुन्दा कम्ता रोमान्चित भइन ।
अनि लाग्यो,
हाम्रो पुस्तामा समाजका लागी केहि गरौ भन्ने भावना भएका अनगिन्ती छन् । तर, सामाजीक बनोट र संरचनासँग कमै जानकार पुस्तालाइ बाटो देखाउने यूवाको कमी छ । प्रदिशमा यहि कुराको खुबी छ ।
नारायणी किनारमा एकसाँझ यिनै बिषयमा छलफल गर्दा उसले भनेको सम्झन्छु, ‘हामी संसारलाइ चाहिने सबै राम्रो कााम गन असमर्थ छौ । तर हामील गर्ने सबै राम्रो काम संसारलाइ चाहिएको छ।’
‘आइडियाज फर’ बाट चेपागं बस्तीमा बृहत शिविरको आयोजना पश्चात फर्किने क्रममा नेपाली राम्रोसँग बोल्न समेत नजान्ने एक जनाले भनेको सम्झन्छु ‘आजसमम हाम्रो खुट्टामा चप्पल परेको थिएन । सरहरुले लगाइदिनु भो।’
०३० सम्ममा संसारका कुना कन्दराका हरेक नागरिकमा स्वास्थ सेवा पुर्याउने संयुक्त राष्टसंघको दिगो बिकास लक्ष्य भेट्टाउन आफूले सकेको काम गरिरहेको उ । भन्छ, ‘हामी युवा यति महत्वकांक्षी भयौ कि हामीलाइ जता पनि पाइला चाल्नुछ, सफल हुनुछ ।’
आफ्नो परिवारमा परिकर्तन ल्याउन कोशिष गर्नुभन्दा हामीलाइ देश परिवर्तन गर्छु भन्ने भुत सवार भइरहन्छ । फलत, मानसिक रोग र आत्महत्या आजको पूवाका प्रमुख समस्या बनेको छ ।’
यसो सुन्दा उसले बोलेका कुरा त्यस्तो नयाँ केहि लाग्दैन ।
तर, गहिरिएर सुन्दा लाग्छ आजको नेपाली समाजको मूल समस्या नै यहि त हो ।
तर ,
उसले जस्तो बोल्ने र उसले जस्तो गरेका नेपालमा अरु कयौं होलान् ।
तर, उ भिन्न छ ।
उसले आफ्नो जीन्दगीमा परेको बर्जपातलाइ स्वीकारेर अगाढि बढ्यो ।
तर, प्रदिश अझ दृढ बिश्वासशहित आफ्नो दैनिकीमा फर्को । समाजप्रति अझ जिममेवार भएर ।
जीन्दगीमा आउने यस्तै क्षणहरुले मानिसलाइ आफ्नो धरातल सम्झाएर भबिष्यको बाटो पहिल्याउन सहयोग गर्छ कि ।
जापान, केन्या लागायतका मुलुकमा आफ्नो कामको शिलशिलामा भ्रमण गरेपछि भएको एक छलफलमा उसले भनेको सम्झन्छु , ‘हामी संसारमा भएका भागयमानीमध्य हौ । हामीमध्यकै कयौं साथीहरु हामीभन्दा पढाइमा राम्रो हुँदाहँदै बिबिध कारणले डाक्टर बन्न सकेनन् । हाम्रै वरिपरि कतिलाइ के खाने के लाउने भन्ने मुल चिन्ता छ । हाम्रै उमेरका कयौ. साथीहरु खाडीको चर्को घाममा पसिना चुहाइरहँदा हामी आफूले चाहेको बिषय लिएर आफ्नै देशमा पढिरहेका छौ । यो भन्दा खुसीको कुरा अरु के पो हुन सक्ला र । आफू बनेपछि बनाउने आफू हुर्केको समाजलाइ हो । किनकी , भोको पेटलाइ देश समाज बुझ्नै फुर्शद हुँदैन ।’
सरकारी विद्यालयका हजार बिद्यार्थीहरुमा महिनावारी सम्बन्धी जनचेतना जगाउने अनि पुन प्रयोग गर्न मिल्ने प्याड बितरण गर्ने अन्तिम तयारी गर्दैगर्दा अगरएको अबरोध सम्झँदै उसले भन्थो , ‘केहि गर्न खोजेपछि खुट्टा तान्ने जरुर हुनेछन् भनेर पहिल्यै तयारी गर्नुपर्ने रहेछ ।’
प्रदिश,मैले कहिल्यै आफुसँगै पढिरहेको साथीको यो उपलब्ध लेखुँला भन्ने लागेको थिएन । जीन्दगीको सबैभन्दा पीडादायी क्षणबाट उठेर , परिवारलाइ सम्हालेर तिमीले तय गरेको यात्रा गजजब प्रेरणादायी छ ।
आगामी यात्राको लागी शुभकामना ।
प्रतिक्रिया