गोरखा- हिन्दू नारिहरूको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले यतिबेला नयाँ नयाँ तीजका गीतहरू सार्वजनिक गरिरहेका छन् ।
यसै अवसरमा गायक राजकुमार बानियाँको नयाँ गीत ‘श्रीमती’ पनि भर्खर मात्र बजारमा सार्वजनिक भएको छ ।
बिगत एक दशकदेखि लोक गित संगीतमा समय दिइरहेका छन बानियाले । तीज गीत एल्बम श्रीमतीमा उनले नेपाली मौलिकता र सस्कृतिलाई मध्यनजर गरेर मिठो बनाउने काम गरेका छन् ।
गाउघरमा अझै पनि उस्तै जीवित रहेको कथा श्रीमान र श्रीमती बीच तीजमा माइत जाने विषयमा भएको कथालाई गीतले उठाउन खोजेको छ । गीतको समग्रमा निकै उत्कृष्ट रहेको छ ।
गीतलाई राजकुमार बानियाले सिर्जना गरेका हुन भने शान्तीश्री परियार र राजकुमारको सुमधुरआवाज रहेको छ । जलेश्वरी म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक भएकाे गीतले निक्कै राम्रो प्रतिक्रिया पाईरहेको छ ।
बानियाँले आफ्नै गाउँ धादिङ मुलपानी पुगेर बर्षे असारे झरीको परवाह नगरी गाडी नजाने, भत्केको बाटो, पहिरोको डरमा कसरी जान्छौ ? माईति लिन आएनन्, फोनको भरमा बोलाए, भन्दै श्रीमानको पीरलाई भिडियोमा यथार्त रुपमा प्रस्तुत गरिएको छ ।
भिडियोलाइ बानियाँले नै निर्देशन गरेका छन् भने बानियाँ र गोर्खाली चेली मोडल जुना गुरुङको मर्मस्पर्सी अभिनय रहेको छ ।
भिडियो
प्रतिक्रिया