+
Search

ताजा अपडेट +

पपुलर +

टी-२० विश्वकप छनोट : कतारविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

4KNationalDaily
२०७६ श्रावण ७, मंगलवार ०८:१२ बजे

काठमाडौं– टी-२० विश्वकपको एसियाली छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्न सिंगापुर पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ। कतारविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा हुन लागेको खेल मैदान तयारीमा समय लागेपछि केही समय ढिलो गरी सुरु भएको छ। नेपालको टोलीको सुरुवाती ब्याटिङमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिएका छन्।

बरियतामा पनि नेपाल कतारभन्दा माथि रहनु र पछिल्लो पटक खेलिएको मलेसियासँगको मैत्रीपूर्ण क्रिकेट शृंखला क्लिनस्विप गर्नुले आजको खेलमा नेपाली खेलाडी उच्च मनोबलका साथ मैदान उत्रिनेछ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो।

अस्ट्रेलियामा सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेट खेल्न नेपालले अझै दुई चरण पार गर्नुपर्नेछ। नेपालसँगै मलेसिया, सिंगापुर, कुवेत र कतार रहेको छनोट प्रतियोगिताबाट एक टिम विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछन्।

प्रतियोगितामा रहेका टोलीमध्ये एक मात्र एकदिवसीय मान्यता प्राप्त नेपाल टी–२० वरीयताका आधारमा पनि अगाडि छ। वरीयतामा नेपाल ११औं, कतार २१औं, सिंगापुर २३औं, कुवेत २९औं र मलेसिया ३५औं स्थानमा छन्।

नेपाल र कतारबीच यसअघि दुई टी–२० खेलमा प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले एक र कतारले एक खेल जितेको छ। पहिलो पटक २००७ मा एसिसी टी–२० कप प्रतिस्पर्धा हुँदा नेपाल ३ विकेटले हारेको थियो। पछिल्लो पटक २००९ मा एसिसी टी–२० मा भने नेपाल ६ विकेटले विजयी भएको थियो।

नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।

नेपालको टिम-११

पारस खड्का(कप्तान), दिपेन्द्रसिंह ऐरी, बिनोद भण्डारी, अविनाश बोहरा, करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, वसन्त रेग्मी, सोमपाल कामी र शरद भेसवाकर।

कतारको टिमः

तमोर साजद(कप्तान), अवाइस मलिक, फैसल जाभेद, इनाम उल हक, इकवाल हसन, कमरान खान, मोहम्मद रिजवान, मोहम्मद नदिम, मुहम्मद तनभिर, नोउमन सरवार र जाहिर इब्राहिम।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily