+
Search

ताजा अपडेट +

पपुलर +

गलबन्दीकी अञ्जली अधिकारी नेपाल प्रहरीमा भर्ती ! [भिडियो]

4KNationalDaily
२०७६ श्रावण २, बिहीबार १०:१७ बजे

काठमाडाैं- नेपाली महिलाको महान पर्व तिज नजिकिदै गर्दा चर्चित गायिका मेलिना राईको आवाजमा ‘नाच दिदी बहिनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

ड्रिम्स गेट इन्टरटेन्मेन्टको आधिकारीक युट्युव च्यानलबाट शुक्रबार तिज गित सार्वजनिक भएको हो ।

तिज गीतमा चर्चित मोडल अञ्जलि अधिकारी प्रहरी जवानको भूमिकामा देखिएकी छन् । अरु सारा दिदी बहिनी तिजमा रमाउदै गर्दा प्रहरी दिदी बहीनी सुरक्षामा खट्छन् भन्ने भावको गीतमा प्रहरीको जिम्मेवारीसहितको सन्देश दिन खोजिएको छ । नेपाल प्रहरीको पोशाकमा अञ्जलीको सुन्दरता थप खुलेको छ ।

गीतको भिडियोमा अञ्जलीको साथमा जुम्ल्याहा दिदी बहिनी नविता, कविता र कैलाशको अभिनय हेर्न सकिन्छ ।

कैैलाश रोकाहाकोे शब्द संगीत रहेको गीतमा बिनय कार्की क्षेत्रीको संगीत संयोजन छ । दिपक गिरीको छायाँकन, अनिश खत्रीको नृत्य निर्देशन रहेको गीतको दृश्य सम्पादन गिरीश रीजालले गरेका हुन् । गौरव गिरीको निर्देशनमा गीतको भिडियो हेर्न लायक बनेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily