+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो टी-२० क्रिकेट शृंखला

4KNationalDaily
२०७६ असार २९, आईतवार ११:३१ बजे

मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनले पराजित गरेकाे छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन जाेडेकाेमा मलेसियाले ७ विकेट गुमाउँदै १६७ रन बनाउदै पराजित गरेकाे हो ।

पहिलो टि-२० मा ७ विकेटको जित निकालेको नेपालले दोश्रो टि-२० जिते यो नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ।

किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको छ। टि-२० अन्तर्रराष्ट्रियमा नेपालको यो सर्वाधिक योगफल हो । यस अघि नेपालले सन् २०१४ टि-२० विश्वकपमा हंगकंगसंग १४९ रन बनाएको थियो।

ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे । यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए । छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने बिनोद पारस खड्का, सन्दिप जोरा र सुबास खकुरेल पछि चौथो ब्याट्सम्यान बनेका छन्। मात्र २५ बलमा अर्धशतक पुरा गर्दै बिनोद टि-२० अ. मा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान समेत बनेका छन्। मलेसियासंग अघिल्लो खेलमा पारस खड्काले ३५ बलमा अर्धशतक बनाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily