गाेरखा- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउपालिकाले जितेकाे छ।
जिल्ला सरदमुकामको सरस्वती माध्यमिक विद्यालय आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित १८ पदकको साथमा सिराचोकले उपाधी उचालेको हो ।
सिरानचोकले जिल्लाका ९ स्थानीय तहलाई पछि पारेको छ । ११ वटा स्थानीय तह मध्ये पालुङ्टार नगरपालिकाले भने प्रतियोगतामा सहभागिता जनाएको थिएन् ।
अजिरकोट गाउँपालिका दोश्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित अजिरकोटले १३ पदक जितेको छ ।
त्यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य सहित सहिद लखन गाउँपालिका तेश्रो भएको छ । शहिद लखनले ११ पदक हात पारेका छ । आईबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पार्धा गराइएको थियो ।
प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ५ कास्य सहित आरुघाट गाउँपालिकाले १३ पदक जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी गण्डकी गाउँपालिकाले १० पदक हात पारेको हाे। यसैगरी बारपाक सुलिकोटले २ स्वर्ण, १ रजत २ कास्य सहित ५ पदक हात पारेको छ ।
सदरमुकामको गोरखा नगरपालिकाले भने ४ रजत र ३ कास्य सहित ७ पदकमा चित्त बुझाएको छ । उत्तरी गोरखाका दुई गाउँपालिकाले धार्चे र चुमनुब्रीले पनि खाता खोल्न सफल भएका छन् ।
धार्चे गाउँपालिकाले २ रजत र चुमनुब्रीले १ कास्य पदक पाएको छ ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बसन्त गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिका–८ का अध्यक्ष कृष्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेडल र शिल्ड प्रदान गरिएको आयोजक जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया