+
Search

ताजा अपडेट +

पपुलर +

सरिताको गीतमा अन्जुको स्वर, रिमाको मोडलिङ [भिडियाे]

4KNationalDaily
२०७६ असार २४, मंगलवार १२:४८ बजे

काठमाडौं- गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयास रूपमा ‘उडेर जाऊँ’ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन्।

यस गीतमा स्वर भने उही चिरपरिचित अन्जु पन्तको रहेको छ। सरिताकै शब्दको यो गीतको संगीत मन्जुल मितेरीले गरेका हुन्।

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा विश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेमजोडीका रूपमा प्रस्तुत गरिएको छ। रामकुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। भिडियो सत्यराज चौलागाईको निर्देशनमा तयार भएको हो।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily