+
Search

ताजा अपडेट +

पपुलर +

बारपाक सुलीकोट गाउपालिकाले ल्यायाे ४२ करोडकाे बजेट

4KNationalDaily
२०७६ असार १६, सोमबार २०:५१ बजे

गाेरखा- बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ३८ लाख १६ हजार रुपैयाँ बजेट ल्याएको छ ।   पाचौं गाउँसभाले गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङले पेश गरेको आर्थिक बर्ष २०७६/७७ को बजेट पारित गरेको हो ।

गाउँसभाले अध्यक्ष विष्णु भट्टले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पनि पारित गरेको छ । निति तथा कार्यक्रम अनुसार एक वडा एक मुख्य सडक निर्माण गर्ने उल्लेख छ । हरेक वडाको केन्द्रबाट गाउँपालिकासम्म १२महिना नै गाडी चल्न सक्ने सडक बनाउने योजना उनले सुनाए ।

आगामी बर्षका लागि गाउँपालिका ले शिक्षालाई पनि प्राथमिकता दिएको छ । चालु बर्ष शिक्षा क्षेत्रमा शशर्त अनुदान बाहेक ७० लाख रुपैयाँ विनियोजन गरिएकोमा आगामी बर्षका लागि एक करोड २० लाख रुपैयाँ छुट्टाईएको छ ।

यस्तै, गाउँपालिकाले ‘एक मावि एक फुलबारी’ निति लिएको छ । विद्यालय स्तरका बालबालिकाको प्रतिभा उजागर गर्न प्रोत्साहनका लागि सुलिकोटको प्रतिभा खोज अभियान सञ्चालन गर्ने तय भएको अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।

सुरक्षीत मातृत्व र पोषणका लागि गाउँपालिकाले सुत्केरीलाई ‘गर्भवती चेली उपाध्यक्षको कोसेली’ नामक पोषण प्याकेज दिने भएको छ । घरमा सुत्केरी हुन नदिने निति पनि गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily