गाेरखा- गण्डकी सरकारले गोरखाको ऐतिहासिक लिगगिलकोटमा गुरूयोजनाको आधारमा ऐतिहासिक सङग्रहालय स्थापना गर्ने भएको छ । यसका लागि १ करोड व्यवस्था भएको छ ।
गण्डकी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको मान, सम्मान र गौरव उच्च पार्ने तथा विशिष्ट योगदान दिने प्रदेशभित्रका उत्कृष्ट व्यक्ति एवं संस्थालाई सम्मानसहित पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।
सरकारले पुरातात्विक महत्वका मन्दिर‚ गुम्बा, मस्जिद र चर्चको मर्मत सम्भार गर्न पनि बजेट दिने जनाएको ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न १ करोड छुट्याएका छन् । बहुसांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्न १ करोड बजेट छ ।
प्रतिक्रिया