+
Search

ताजा अपडेट +

पपुलर +

धार्चे गाँउपालिकाको बजेट ३२ करोड

4KNationalDaily
२०७६ असार १२, बिहीबार १२:०१ बजे

गाेरखा- धार्चे गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ का लागि ३२ करोड ९९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

माछाखोलास्थित गाउँपालिकाको कार्यालयमा आयोजित पाचौँ गाउसभामा उपाध्यक्ष फूलमाया गुरुङले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट पारित भएको हो ।

गाउँसभामा प्रस्तुत बजेट अनुसार पुवार्धार विकासमा दुई करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, आर्थिक विकासमा एक करोड २५ लाख रुपैयाँ, सामाजिक विकासमा एक करोड २५ लाख रुपैयाँ, संस्थागत विकास तथा शुसासनमा ५० लाख रुपैयाँ, विपद ब्यबस्थापन तथा वातावरणका लागि ४३ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन छ ।

गाउँपालिकाले महत्वका योजना अन्तरगत विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको छ ।

जसअनुसार गाउँपालिकाको भवन निर्माणका लागि एक करोड रुपैयाँ, दोभान देखि उहिया गाउँसम्म सडक निर्माणका लागि एक करोड रुपैयाँ र माछाखोला लामाबेशी सडक निर्माणका लागि ३२ लाख रुपैयाँ विनियोजन भएको छ ।

साझेदारी कोषमा दुई करोड ५० लाख रुपैयाँ र युवा चनौती कोषका लागि १० लाख रुपैयाँ राखिएको छ ।

गाउँपालिकाले सांस्कृतिक प्रतिष्ठानका लागि पाचँ लाख, स्वास्थ्यका लागि १० लाख रुपैयाँ, पर्यटन गुरुयोजनाका लागि १५ लाख रुपैयाँ, महिलासँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily