+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफले हात पार्यो

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०८:२८ बजे

काठमाडौं- कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो ।

७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा ४ विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर अन्तिम चरणको खेलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए । वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily