गोरखा- गोरखाको बयान गरेर त म सक्दिन, सायद बिश्वलाई थाहा नै छ गोरखाको इतिहास ! जुन तरिकाले गर्बका साथ गोरखा नाम उच्चारण गरिन्छ त्यो अनुसार छैन है गोरखा ।
जन्मेर मृत्यु नहुन्जेल सम्म मान्छेहरु एक पटक गोरखा पुग्ने इच्छा जो कोहिले पनि गरेकै हुन्छन । लाग्छ गोरखामा के छ तेस्तो ? इतिहासले गोरखालाई धेरै उच्च बनाइ राखेको छ । तर हामी गोरखा बासिले बेलैमा ध्यान नदिए गोरखा भन्ने नाम मात्र नरहला भन्न सकिन्न !
हामी गोर्खाली हौ भनेर मात्र गोरखाको पहिचान रहदैन, यदि तन, मन, वचन र लगनशील बन्यौ भने मात्र गोरखा साच्चै गोरखा नै रहेछ भन्ने आधार रहला ।
यदि तपाइँ हामी सबै मिलि गोरखा बचायौ भने मात्र रहने छ गोरखाको सान, मान अनि प्रतिस्ठा ! साच्चै गोरखालाई हामीले के के गर्न सक्छौ नितान्त मेरो ब्यक्तिगत बुदाहरु निम्न छन !
-सर्बप्रथम त आबुखैरेनिको पुल कट्ने बितिकै गोरखा द्वार बन्दै छ त्यो खुशिको कुरा हो । गोरखा पस्ने गेटलाई सुन्दर तरिकाले सजिसजाउ गर्ने मुख्य कुरो रहन्छ !
– त्यही गेट वरिपरि गोरखाको बारेमा नक्सा तयार गरि राख्ने ताकी गोरखा जाने जो कोहिलाई पनि गोरखाको बारेमा सजिलै जानकारी रहोस् ।
– आबुखैरेनीबाट गोरखा जाने मुख्य बाटो सार्है साघुरो रहेको छ । त्यसलाई मर्मत सम्भार गरेर बाटो फराकिलो बनाउनु मुख्य पाटो रहन्छ ।
– काठमाडौबाट गोरखा जाने बसको अबस्था हेर्दा लाग्छ के यहाँ यातायात ब्यबसायी छैनन कि के हो ? मिनिबस, माइक्रो बस धेरै थोत्रा भए ।सिट च्यातियको छ, बस्नै नसक्ने डुङ्ग डुङ्ग गन्हाउने रहेको कुरा धेरै साथीहरू मार्फत जानकारी पाएकाे छु । यो कुरामा सम्बन्धित निकायको बेलैमा ध्यान जानू आबश्यक छ । अलि नयाँ नयाँ यातायातमा पनि जोड दिनु जरुरी छ ।
– काठमाडौ देखि गोरखा सम्म साझा यातायात बस सन्चालन भएको थियो । त्यो अहिले के हुदै छ । यदि सन्चालन हुदैछ भने अझै बृहत रुपमा सहकार्य गरेर अघि बढ्नु पर्छ ! यदि चलेको छैन भने किन चलेन, दुई दिनको नाटक किन रचिदै छ र यस्ता काम को र कहाँबाट हुँदै छछानविन हुनु अावश्यक छ ।
– गोरखा बजार पुग्न-पुग्न लाग्ने अबस्थामा ठिम्रेस्वारा बाट गोरखा बजार तर्फको बाटो हेर्दा लाग्छ क, यस्तो पनि बाटो हुन्छ ? दुई तिरको कालो पत्रे पानीले बगाएर लग्याे बिचमा थुम्को जस्तो भाग मात्र देखिन्छ । के यहाँ जनप्रतिनिधि छैनन ? छन भने कहाँ के गर्दै छन ? अनि यो बाटो कैले सम्म यो हालतमा रहिरहने हो ? बाटोलाई आएको बजेट कहाँ लान्छन ?
यी र यस्ता कुरामा तपाईं हामीले ध्यान नदिने हो भने हाम्रो बजेट दरौदी नदि झै सधै बगेर नजाला भन्न सकिँदैन । सबैले आवाज उठाऔ। ‘हाम्रो गोरखा राम्रो गोरखा’ हुन लाई सडक मुख्य पाटो हो । सडक लाई पैलो प्राथमिकता दिनु आबश्यक छ !
– गोरखा लाई कसरी ब्यबस्थापन गर्ने भन्ने तपाईं हामी गोर्खालीकै जिम्मेवारी हो । यति कुरा हेक्का राखौ गोरखा बनाउन लाई बाहिरको कुनै माइकालाल आउने छैनन । गाेरखा त तपाईं हामीले बनाउने हो ? अरुको मुख ताकेर कति दिन बस्ने ! यो निकै सोच्नु पर्ने कुरा छ हजुर बेलैमा गोर्खाली स्थानीय बासिन्दाको पनि आँखा खुल्नु जरुरी छ !
– फोहोर मैलाको ब्यबस्थापन निकै सजगताका साथ हुनु जरुरी छ । गोरखा नगरपालिकाले फोहोर मैलालाई कुहिने र नकुहिने पहिचान गरेर ब्यबस्थित ठाउमा ब्यबस्थित तरिकाले सहि सदुपयोग गर्नुपर्छ । हाम्रो बजारलाई सबै भन्दा कुरुप पार्ने भनेकै फोहोर मैलाले हो । बजार क्षेत्रमा आबश्यकता अनुसार आफ्नो आफ्नो घर वरपर, पसल व्यापार ब्यबसाय भएको ठाउमा सबै संग समन्वय गरेर डस्बिनकाे उचित प्रयोग गर्ने ।
– गोरखा बजारमा पानीको समस्या ज्युका त्यु छ ! आज सम्म पनि पानीको समस्या हल हुन सकेको छैन । खानेपानी त जार तथा मिनि वाटर प्रयोग गरौला रे तर सरसफाइ लाई कहाको पानीले समस्या हल गर्ने ? त्यसैले गोरखा बजार बाट नजिकै रहेको अटुट रुपमा बग्ने दरौदी नदि लाई हेला नगरौ !
यदि तन मन बचनले काम गर्ने हो भने असम्भव भन्ने केही छैन !दरौदिको पानी लाई कसरी माथी तान्न सकिन्छ त्यो कुरामा समन्वय गरेर अघि बढ्न आजको आबश्यकता हो ! दरौदी नदि र क्षेपेटार कति टाढा छ क्षेपेटार बाट गोरखा बजार सम्म ल्याउन कति टाढा छ ! त्यो अध्यक्ष अनुसन्धान गर्नु पर्यो ,भासणले देश बन्ने जमाना गयो अब ! काम गरे जसरी पनि आफ्नो गाउँ आफ्नो ठाउँ बन्न समय पक्कै लाग्ला तर बनी छाड्ने छ !
– दरौदिको पानी बजारसम्म ल्याउन सफल भयौ भने त्यो पानी लाई फिल्टर गरेर हुन्छ कि कसरी हुन्छ प्युन योग्य बनाउनु महत्त्वपूर्ण कुरा हो । र पानी आइसके पनि सरसफाइ लाई निकै टेवा पुग्छ। बिहान बेलुका त्यही पानीले सरसफाइ गर्न अबश्य मद्दत गर्छ ।
– बजार वरिपरि बोट बिरुवाहरु,फुल रोपेर बजार लाई आकर्ष कसरी बनाउने भन्ने कुरामा पनि जोड दिनु आबश्यक देखिन्छ ।
-पानीकै समस्याले गर्दा कृषिप्रधान देश भए पनि पर्याप्त मात्रामा खेती गर्न सकिरहेको छैनौ ! दरौदिको पानीलाई बजार सम्म उकाल्ने प्रयास सफल भयौ भने तरकारी खेती देखि हरेक बाली नाली लगाउन सकिन्छ ।
-बास्तबमा भन्ने हो भने गोरखा बजार अन्य बजारको तुलनामा सानो छ । र ब्यबस्थित शहर बन्न सकिरहेको छैन, त्यसै लाई मध्य नजर गर्दै गोरखा बजार भन्दा अलि तल तिरको खेत वरिपरि गोरखा नगरपालिका तथा सम्बन्धित जग्गा वालाहरु संग छलफर गरेर एकीकृत प्लानिङ्ग अनुसार शहरीकरण बढाउन सकिन्छ !
– गोरखा बजारको हितमा ढल ब्यबस्थापनमा त्यति धेरै समस्या नदेखिएला कि ! किनकि गोरखा बजार भौगोलिक हिसाबले हेर्ने हो भने अलि भिरालो भिरालो ठाउमा अबस्थित बजार हो । त्यसैले ढलहरु धेरै जाम हुने समस्याहरु नहुन सक्छ । ढलको पानी सजिलै बग्न सक्ने अबस्थामा निर्माण गराउनु पर्छ ।
– गोरखा बजारमै रहेको गोरखा सङ्ग्रहालय तथा ऐतिहासिक रुपमा प्रसिद्ध गोरखा दरबार, बडा महाराज पृथ्वीनारायण शाहको जन्म स्थान हेर्न १ दिनमै हजारौ बाह्य तथा आन्तरिक पर्यटकहरु आउने गर्छन । उनिहरु लाई मध्य नजर गर्दै सेवा सुबिधा दिनु हाम्राे दात्यित्व तथा हाम्रो जिम्मेवारी पनि हो !
लगभग ४ बजे तिर गोरखा संग्रहालय बन्द नै हुन्छ । कतिपय पर्यटकहरुले संग्रहालय हेर्न नपाइ फर्केको उदाहरण कयौ देखेका पनि छौ । हो त्यो समस्या लाई कसरी हल गर्न सकिन्छ, जसरी हुन्छ ऐतिहासिक नगरी गोरखामा पर्यटनलाई भरपुर्ण रुपले भरी भराउ गर्नु हाम्रो दायित्व हो ।
-गोरखा बजारको मुख्य केन्द्रबिन्दुको रुपमा रहेको ऐतिहासिक गोरखा दरबार हो भन्ने कुरा तपाईं हामी सबै लाई थाहा नै छ । मुख्य त गोरखा दरबार नै हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको हिसाबमा पनि गोरखा दरबार आज सम्म नबन्नु कस्को कमजोरि हो ? बनेको छैन भन्न खोजेको हैन बन्दै छ बन्न त, तर यो कछुवाको गतिमा घिर्सिएर कहिले पुनर्निर्माण कामले पूर्णता पाउछ ?
भुकम्प गएको लगभग चार बर्ष सम्म पनि एउटा दरबार बन्न नसक्ने अबस्थामा कसरी काम हुदैछ ? काम किन ढिला हुदैछ भन्ने प्रश्न तपाईं हामीले नगरे कस्ले गर्ने ? त्यसैले गोरखाको हितमा दरबार छिटो बन्दा छिटो बन्नु बनाउनुमा, गोरखाको सांसदहरुबाट पनि निर्गानी हुनु अति आबश्यक देखिन्छ र गोरखा नगरपालिकाको जनप्रतिनिधिको मुख्य दायित्व पनि हो ।
– हाम्रो गोरखालाई नत केपि ओलि आएर बनाउछ, नत प्रचण्ड आएर बनाउछ ? बनाउनु पर्ने कर्तव्य भनेको तपाई हामी गोर्खाली जनता तथा नेता, सांसद,जनप्रतिनिधि बाट नै हो । त्यसैले हामी जाग्नु पर्ने बेला आएर पनि जान लागि सक्यो ! आज नगरे कैले गर्ने ? हामिले नगरे कस्ले गर्ने ? हाम्रो धरोहर हामिले नै बनाउनु बिकल्प अरु हुनै सक्दैन ।
-गोरखामा भएको ऐतिहासिक सम्पदाहरु धेरै छन, यहाँ भनेर र लेखेर साध्य नहुन सक्छ। तैपनि हामी किन पछि पर्दैछौ ? पृथ्वीनारायण शाह देखि कहालियको गोरखा, आज कता-कता बिलिन हुने अबस्थामा न आउला भन्न सकिन्न ! पृथ्वीनारायण शाह देखि लियर राम शाह, द्र्ब्य शाह, भिमसेन थापा, कृष्ण प्रसाद भट्टराई, लखन थापा, गजे घले साथै बाबुराम भट्टराईसम्म आइपुग्दा अझै कति नाम छुटेका होलान ! यो नाम र शान हामी गोर्खालीले भन्दा अरुले बिरलै पाउलान ।
– कतिपय देशले नेपाल नचिन्लान तर इतिहासका लागि गोरखा नै काफी छ ! यहाँ भन्दा के चाहियो हामी लाई ? अनि सधै पैसाको पछि कुदेर आफ्नो पुर्खाको सम्पती लाई खरानी बनाउने कैले सम्म ? हैन भने यो कुरा हामी सम्पुर्ण गोर्खालिले कैले बुझ्ने ?
– गोरखा दरबार उक्लिने ठूलो आगनको बाटो हुदै जाने सिडिलाई ब्यबस्थित तरिकाले दायाँ बायाँ सरसफाइका साथै विभिन्न प्रजातिका फुलहरु रोपेर आकर्ष र मनमोहक पार्न सकिन्छ । गोरखा दरबार तिरको डाडामा भिउ टावर निर्माण गर्ने कुरा बजेटमा त उल्लेख भएकाे थियो, त्यो कुरा कार्यनयन पनि हुनु आबश्यक छ ।
पछिल्लो समय होटलहरु पनि निकै मात्रामा बाक्लिदै गएको देखिन्छ, दुई चार दिन गोरखा भ्रमणमा आउने जो कोहि पर्यटकलाई सबै सुबिधा अनुसार स्वागत गर्न पाउनु महत्त्वपूर्ण कुरा हो । भन्नू पर्ने धेरै कुराहरु छन, लेख्नु पर्ने धेरै छन, लेख्दा लेख्दा धेरै कुरा छुटेका छन ! यी कुराहरु लाई हामीले नजिकबाट नियाल्ने र सहि तरिकाले काम गरे, हाम्रो गोरखा राम्रो गोरखा अबस्य हुने छ !
नवीन क्षेत्री
गोरखा नगरपालिका-२ कोखे आहाले
प्रतिक्रिया