+
Search

ताजा अपडेट +

पपुलर +

कोदो खादाको फाइदाहरु

4KNationalDaily
२०७६ असार ३, मंगलवार १४:३५ बजे

कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ । कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । भारत, अफ्रिका, सिलोन, मलेसिया, चीन र जापानमा कोदो व्यापकमात्रामा उत्पादन गरिन्छ । भारतमा २.६५ बिलियन हेक्टर क्षेत्रमा कोदोको खेती गरिन्छ जसको कुल उत्पादन लगभग २.९ मिलियन टन रहेको छ ।

खाए शक्ति मिल्छ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन ।

पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ ।

केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily