काठमाडाैं- नेपाली गीत संगितको बजारमा नयाँ नयाँ गीत आउने क्रममा पछील्लो समय भाका जुधेको चर्चा परी चर्चा चलिरहेको अवस्थामा सस्तो ब्यबसाहिकता भन्दा पर बसेर कलाकार बिनोद ढकालले बास्तबिक असारे गीत बजारमा ल्याएका छ्न ।
आफ्नै गाउघरमा रोपाइको अबसरमा गाइने मौलिक लोक भाकालाई टपक्क टिपेर रेकर्ड गराएका उक्त गीत कलशा देवी ढकाल र बिनोद ढकालको संकलनमा तयार भएकाे को हो । बिनोद ढकाल र रिता बुढाथोकिको आवाज सजिएको उक्त गीतले नेपाली रोपाइ संस्कारको पहिचान बोकेको छ ।
मानो रोपी मुरिर फलाउने असार महिनामा कसरी रोपाइ गरिन्छ भने कुरा यो गीत हेरेर थाहा पाउन सकिन्छ । र रोपाइको अबसरमा प्रचलित हिलो खेल्ने तथा भकारी राख्ने रितीको उजागर गरेको उक्त गीतले नेपाली मौलिक संस्कृती संरक्षणमा अतुलनिय योगदान पुराउने कुरामा कसैको दुइ मत छैन ।
विशेष गरी गाेरखा र गाेरखा आसपास गाइने पुरानाे माैलिक गित मार्सी धान बजारमा आएकाे छ । कलशा देवी ढकाल र गायक ढकालकाे संकलनमा तयार भएकाे गितलाइ म्युजिक ल्याबले बजारमा ल्याएकाे हाे । यमन खनालले एरेन्ज गरेकाे भिडियाेलाइ सुविन दाहालले सम्पादन गरेका छन् ।
याे भिडियाे गाेरखाकाे सिरानचाेक गाउपालिका ७ श्रीनाथकाेटका रमणिय स्थलहरूमा छायांकन गरिएकाे छ । गायक ढकाल भन्छन् ‘ब्यबसाहिकता भन्दा पनि संस्कृती संरक्षणको लागी याे गित तयार गरेकाे छु । खासमा यसले स्थानिय माैलिकतालाइ जगेर्ना गर्नेमा मैैैले बिश्वास लिएकाे छु ।’
भिडियाे
प्रतिक्रिया