+
Search

ताजा अपडेट +

पपुलर +

गायिका धर्तीमा थापा मगरको ‘पिरतीमा धोका’ बजारमा

4KNationalDaily
२०७६ जेष्ठ ३१, शुक्रबार १७:०१ बजे

काठमाडाैं- गल्कोट म्युजिकको प्रस्तुतीमा गायिका धर्तीमा थापा मगरको निकै मर्मस्पर्सी लोक दोहोरि गीत ‘पिरतीमा धोका’ गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा गायक संजय परियार र गायिका धर्तीमा थापा मगरको आवाज रहेको छ।

माया प्रेममा धोका पाएका जोडीहरुको यथार्थ पिडाहरुलाई गीत मार्फत प्रस्ट पर्न खोजेका छन् गायक तथा सर्जक रामु बिरहीले। रामु विरहीको सब्द तथा धर्तीमा थापा मगर स्वयंको लय सिर्जना रहेको छ।

जिबनमा अधुरा सपनाहरु पुरा गर्न अभिलासाको साथ प्रेमिकाको साथमा भएको तर प्रेमिका बाट नै घात हुदाको पीडालाई गीतमा समेटिएको गायिका धर्तीमा थापा मगरले बताइन ।

मोडल उषा सुबेदी र बिराज बास्कोटाको अभिनय, तिलक रिजालको छायांकन, अविनास डि सी को सम्पादन,चादनी गिरीको श्रृंगार, गायक तथा सर्जक गौतम शेर्पाको निर्देशनमा तयार परिएको उक्त म्युजिक भिडियोलाइ गल्कोट म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

उक्त गीतको छायांकन झापा र इलाम को रमणीय स्थलमा गरिएको हो ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily