काठमाडाैं- नायिका तथा मोडल एलिसा राइको अभिनयमा नया म्युजिक भिडियो सार्बजनिक भएको छ। ‘लभ गुरु’ नामको नया गीत रुपक डोटेलले ल्याएका हुन्। यस गीतको म्युजिक भिडियोमा एलिसा राइ लगायत अन्य कलाकारको अभिनय हेर्न सकिन्छ।
यस गीतमा डोटेलको एकल स्वर रहेको छ भने बीबी थापाको शब्द, मनोज चौलागाइँको संगीत रहेको छ।
केही दिनअघि राजधानीमा एक कार्यक्रमबीच गीतकार थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरिएको थियो। सोही क्रममा ‘लभ गुरु’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको हो।
यस गीतको म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन। गीतको भिडियोमा रुपक डोटेल, गम्भीर बिष्ट र अलिसा राईको अभिनय छ। यस गीतमा एलिशालई लाइ लव गुरुको रुपमा प्रस्तुत गरिएको छ।
भिडियो
प्रतिक्रिया