गोरखा– राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा सुदिल शाही चर्चा चलिरहेकाे छ । नेपाली खेलकुदको क्षेत्रमा करिव साँढे ३ दसकदेखि आफ्नो प्रभाव देखाउँदै आएका शाही राष्ट्रिय तथा अन्तराष्ट्रिय टेवल टेनिस खेलाडी हुन् ।
करिव ५ वर्ष पहिले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का खेल प्रशिक्षक समेत वनेका शाही गत २ वर्ष पहिलेदेखि राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य समेत हुन् ।
प्रदेश नं ३ को खेलकुद परिषदको संयाजक भै ३ नं प्रदेशलाई विभिन्न राष्ट्रिय स्तरको पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका शाही निकै अनुभवी खेलविज्ञ हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर हाँसिल गरेका शाही कुशल अर्थशास्त्री समेत हुन् ।
ललितपुरपुर महानगरपालिका पुल्चोक निवासी ४७ वर्षिय शाही विभिन्न विद्यालय तथा जिल्लाको खेलकुद शिक्षक तथा जिल्ला हुँदै राष्ट्रिय प्रशिक्षकको भूमिकाको रुपमा समेत निर्वाह गरिसकेका छन् ।
वर्तमान खेलकुद जगतका कुशल प्रशिक्षक तथा नेतृत्वकाे रुपमा शाहीलााई लिन सकिन्छ । हाल उनी नेपालमा हुन लागेको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा र सन् २०२० मा टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको तयारी र प्रशिक्षक तथा व्यवस्थापनमा लागी परेका छन् ।
जवसम्म मौफसलका खेलााडीको खेलक्षेत्रको भविश्यको सुनिश्चितता हुँदैन तवसम्म विभागीय टिमको एकाधिकार रहि नै रहन्छ भन्दै मौफसलका खेलाडीलाई सरकारले ग्यारेन्टी लिनुपर्ने उनको दावी छ ।
आफू मौफसलका खेलाडीको पक्षमा निरन्तर आवाड उठाईरहने वताउँदै शाहीले सम्पूर्ण खेलकुद जगतको विकासको लागि भौतिक पूर्वाधार विकासका लागि जापान सरकारको सहयोगमा अन्तराष्ट्यि स्तरको कवर्डहल निर्माणमा लागि परेको जिकिर गरे ।
प्रतिक्रिया