+
Search

ताजा अपडेट +

पपुलर +

गायक पवन गुरुङको सालैजो गित ‘सुलिकोट डाँडा’ बजारमा

4KNationalDaily
२०७६ जेष्ठ २५, शनिबार १७:३७ बजे

गाेरखा- बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ बहाॅकोट निवासी नव गायक पवन गुरुङ र गायिका कल्पना गुरूङकाे अावाजमा सालैजो गित ‘सुलिकोट डाँडा’ बजारमा अाएकाे छ ।

सुलिकोटको सेरोफेराेलाइ अाधार बनाइएर तयार पारिएकाे भिडियाे गुरुङको पहिलो सांगितिक कोशेली हो।

म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक तथा ताकुकोट निबासी प्रकाश भट्टले गरेका छन् । साथै नृत्यमा पाॅचकोट तमू समाज आमा समुहको रहेकाे छ ।

सुलिकोट वरपर रहेको सुन्दर स्थानहरुलाई समेटेर भिडियो बनाइएको छ। पहिलो प्रयासलाई हेरेर कमिकमजोरीहरुलाई केलाईदिन गायक  गुरुङले आग्रह गरेका छन्। गितकाे शब्द तथा संगित गायक गुरूङकै छ भने सागर विरहीले म्युजिक एरेन्ज गरेका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily