+
Search

ताजा अपडेट +

पपुलर +

टिकटक कमेडी ‘क्वीन ‘अमिता गुरूङको पहिलो म्युजिक भिडियो ‘मसिंर’ सार्वजनिक

4KNationalDaily
२०७६ जेष्ठ २५, शनिबार १७:२२ बजे

पोखरा- टिकटक की कमेडी क्वीन अमिता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्तामा टिक टक लोकप्रिय बन्दै गएको छ ।

कतिपय त टिकटक बाटै आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । टिकटकले गर्दा म्युजिक भिडियो देखी मोडलिङ सम्म गरिसकेका छन् । त्यस्तै टिकटकमा एकदमै चर्चामा रहेकी एक हुन अमिता गुरुङ । उनको पोखरामा बस्छिन् ।

उनलाई धेरैले टिकटक कमेडी क्वीन नामले चिन्ने गर्छन् । उनी टिकटक बाटै भाइरल भएकी छिन्। उनले धेरै जसो कमेडी अभिनय गरेकी हुन्छिन् । उनले गरेका टिकटक भिडियोहरू दर्शकहरूले निकै रुचाउने गरेका छन् ।

अमितालाई टिकटकमा लगभग ६ लाखले पछ्याएका छन् । टिकटकमा मात्र नभएर अमिता म्युजिक भिडियोमा पनि आइसकेकी छिन् । उनले खेलेको पहिलो म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

एक तारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको ‘मसिंर’ बोलको गीतमा सन्तोष लामाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा सन्तोष र अमिता नै फिचर्ड छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily