गाेरखा- सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा जन्मिएकी कुशमाया तामाङको सम्झनामा ठाडो भाका बजारमा आएको छ ।
कुषमाया तामाङकाे सम्झनामा गाेरखाली गायिका चिजा तामाङको बाल्यकाल देखिको साथी हुन् । उनी यो संसाबाट विदा लिइसकेकी छन् । आफ्नै साथीको सत्य घटनामा आधारित गोर्खाली ठाडो भाका बजारमा आएको हाे ।
निकै नै हिट गतिहरू बजारमा ल्याएकी गाेरखाली गायिका चिजाले लोकदोहोरी साँझमा गीत गाउँदै लोकदोहोरी सिक्दै अगाडि बढेका समयमा नै स्थायित्व राख्न २०७० मा पहिलो ‘पागल’ भन्ने एल्बम निकालिन ।
एल्बमले राम्रो बजार लियो । त्यसपछि ‘जाली रुमालैमा’ भन्ने तिजको गीत, माइती गाउँ, गोर्खालीको छोरी, लाहुरे मलायाको, मेरै बुडो राम्रो, किचकिचे घरबेटी, किरेमिरे लाँकुरी छाँया, गुराँस फुल्ने पाखैमा सालैजो, कान्छु कौडा गीत, गोर्खाली ठाडो भाका, तामाङ सेलो लगायतका २ दर्जन भन्दा बढी एल्बम बजारमा ल्याईसकेकीे छिन ।
गायिका चिजा तामाङ र कुषमाया तामाङकै भाइ सन्तोष तामाङले स्वर दिएका छन् । चिजा तामाङ र सन्तोष तामाङको शब्द रहेको यो ठाडो भाकामा सुमित्रा लामाले भाका संकलन गरेकी छन् ।
दिप गुरूङकाे नेर्देशनमा तयार भउकाे भिडियाे राजेश घिमिरेले खिचेका हुन् । भिडियाेलाइ सुजन साहिले सम्पादन गरेका छन् ।
भिडियाे
प्रतिक्रिया