काठमाडाैं- खरिबोटमा अवस्थित बल्छी धुर्वे फुटसलमा आयोजित छाप्थोक कप राजेश भट्ले नेतृत्व गरेको टिमले जित हातपारेको छ ।
मनोज भट्ट र सुदिप भट्टको उत्कृष्ट डिफेन्समा प्रगतिशील युवाले जित हात पारेकाे हाे ।
‘खेल खेलनुस, स्वस्थ रहनुस’ भन्ने मुल नाराका साथ शनिवार भएकाे प्रतियोगिता ८ वटा टिमकाे सहभागी रहेको थियाे । खेलमा उत्कृष्ट प्रस्तुति पनि प्रगतिशील युवाले पाएकाे छ ।
एकाआपसमा मैत्रीपुर्ण सम्बन्ध साटासाट गर्नको लागि पनि यो आयोजना गरिएको क्लवका अध्यक्ष राजेश भट्टले जानकारी दिए । । खेल खेल्नुका साथै चियापान कार्यक्रम पनि रहेकाे थियाे ।
प्रतिक्रिया