+
Search

ताजा अपडेट +

पपुलर +

‘बग्न थाले म’मा रोहित र नम्रता [भिडियो]

4KNationalDaily
२०७६ जेष्ठ २२, बुधबार १९:२२ बजे

काठमाडाैं- भनिन्छ ‘सपना त्यो होईन, जो सुतेपछि देखिन्छ, सपना त्यो हो, जसले तपाईलाई सुत्न दिदैन’ । देबेन्द्र बरालले सानैमा गायक हुन्छु भन्ने सपना देखेका थिए ।

संगीतलाई सौख मात्रै ठान्ने नेपाली समाजमा उनको सपना पूरा हुन सकिरहेको थिएन । परिवारका दायित्व बोकेर उनी बिदेशिए । गायक बन्ने सपना मरेको थिएन । आफ्नो सपना पूरा गर्न केही वर्षको बिदेश बसाई पछि उनी नेपाल फर्किए र संगीत कर्ममा होमिए।

करिव १ वर्ष अघि ‘तिम्रा आँखाका’ भिडियो सार्वजनिक गरेका उनले रोमान्टिक भर्सनको नयाँ गीत ‘बग्न थाले म’ सार्वजनिक गरेका छन। यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ।

गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ। गीतमा बिश्व अधिकारीको एरेन्ज्मेन्ट छ।

पवन सुस्लिङले सम्पादन र छायांकन गरेको भिडियोमा रोहित बिश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily