गोरखा- राष्टिय खेलकुद समितिको नेत्रित्वमा सुदिल शाही वन्ने लगभग पक्का पक्की भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डका गुरु समेत रहेका शाही लोकप्रिय खेलाडीका साथै कुशल राजनीतिज्ञ पनि हुन् । हालका सदस्य सचिव केशव विष्टको समय सिमा सकिनै लाग्दा उनको नाम चर्चामा आएको हो ।
उनी परिषदको वोर्ड सदस्य एवं प्रदेश नं ३ का संयोजक समेत हुन् । लोकप्रिय खेलाडीको रुपमा परिचित शाहीले विभिन्न जिल्ला तथा राष्ट्रिय स्तरको खेलमा समेत प्रशिक्षकको सफल भूमिका निर्वाह गरिरहेका छन् ।
ललितपुर जिल्लाका स्यायी वासिन्दा शाही पूर्वप्रधानमन्त्री प्रचण्डका टेवलटेनिस गुरु समेत हुन् । टेवलटेनिस खेलका विज्ञता शाही खेलप्रति अनुशाशित, इमान्दार तथा सरल स्वभावका छन् ।
प्रतिक्रिया