+
Search

ताजा अपडेट +

पपुलर +

हजार भन्दा बढी स्थानमा एनसेलको फोरजी सेवा

4KNationalDaily
२०७६ जेष्ठ २०, सोमबार २१:१६ बजे

काठमाडाैं- एनसेल प्राइभेट लिमिटेडले मोबाइल सेवा फोरजी- लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्‍याएको छ ।

एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १ हजार भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेकोे घोषणा गरेको छ ।

नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी- लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्‍याएको एनसेलले जनाएको छ।

अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरहरुबाट फाईदा लिन सक्नेछन् ।

‘हाम्रा ग्राहकहरुलाई द्रुतगतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापुर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भईरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’ एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् ।

फोरजी- एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

दुई वर्ष अगाडी जेठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो ।

यो सेवा मध्य पौष २०७५ सम्म देशका विभिन्न २१ शहरहरुमा सिमित थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित १,००० भन्दा बढी स्थानहरुमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र १ शुल्क तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्छन् ।

सिम लिदा ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नु पर्दछ । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन ।

साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ७ दिनको लागि मान्य हुनेछ र यो दिनको समय अर्थात बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।

एनसेलले फोरजी- एलटिई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरुप सेवा संचालनमा ल्याएको दुई वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ । फोरजी सेवामा पहुँच थप बढाउनुका साथै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily