काठमाडाैं- चर्चीत हास्य टेलिश्रृखला ‘भद्रगोल’ का कलाका सागर लम्साल ‘बले’ र रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र शङ्कर थापाको सङ्गीत रहेको ‘टिकटकले डुबायो’ बोलको गीत बजारमा आएको हो । गीतमा स्वर रमेश श्रेष्ठको रहेको छ ।
उक्त गीतमा बले र रक्षा फिचर्ड छन्। पछिल्लो समय टिकटकले गर्दा धेरै मानिसका कला प्रतिभा समेत बाहिर आएका छन् । भने कतिलाई टिकटकले असर पुर्याएको छ । उक्त गितमा टिकटकले पुर्याएको असरका बारेमा गीतमा देखाइएको छ ।
दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सवमा व्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’ बिहीबार युट्युब मार्फत सार्वजनिक भएको हो ।
निकै रमाइलो शैलीको गीतमा बले र रक्षा फिचर छन् । म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिस्टको रहेको छ । भिडियोलाई निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढङ्गले निर्देशन गरेका छन् ।
भिडियो
प्रतिक्रिया