काठमाडाैं- गत वर्ष सार्वजनिक गरिएको बोल माया गीत नसुनेको कमै होलान । लोक गीतमा नयाँ रेकर्ड नै कायम गरेको बोल माया गीतको सिक्वयलको रुपमा यस वर्ष बोल माया टिमले सार्वजनिक गरेको ‘गलबन्दी’ गीत २४ घण्टा पनि नबित्दै युटुयुवको ट्रेण्डिङ्गमा प्रवेश परेको थियो ।
गलबन्दी गीतमा बोल माया भन्दा अगाडीको दृश्य देखाएको छ । बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ । गीतमा शब्द संगित र स्वर गायक प्रकाश सपुतको रहेको छभने उनलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।
मोडल अञ्जली अधिकारीले अभियन गरेको भिडियोको छायांकन करण चैसिर र निर्देशन प्रकाश र सहनिर्देशन उनका भाई देबेन्द्र बब्लुले गरेका छन् । गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ । गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनिएको छ ।
धेरै अफर आएपछि अञ्चजी भने चुजी बनेकी छन्, आफूलाई राम्रो लागेको गीतमा मात्र अभिनय गर्न थालेकी छन् । विगतमा जस्तो ‘पैसाको लागि’ जस्तो पनि गीतमा अभिनय गर्न छाडेकी छन् । आगामी तिजमा पनि उनी पोहोर जस्तो दैनिक पाँचवटा गीतमा नाच्ने छैनन् । अब अलि फरक र नयाँपन देखिने काम गर्न चाहेको बताउँदै अञ्जली भन्छिन्, ‘ताकी स्रोतदर्शकले पनि सम्झिरहुन् ।’
एउटा समय थियो, नाच्छु भन्दा अञ्जलीले बाबाको पिटाई खानुपर्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ ।
उनका बाबा अहिले सबैभन्दा ठूलो समर्थक बनेका छन् । अञ्जलीले अभिनय गरेको भिडियो छोरीले भन्दा पहिला सामाजिक सञ्जालमा शेयर गरिदिन्छन् । गाउँटोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलिएको छ भन्छिन्, अञ्जली ।
अंजलिको प्रस्तुतिलाई दर्शकहरुले निकै नै मनपराइरहेका छन् । उनको सुन्दरता र प्रस्तुतिले सबैको मन जित्न सफल भएको छ । आगामी दिनमा पनि उनको नृत्य र प्रस्तुतिले चर्चा पाइरहोस्, शुभकामना !
भिडियाे
प्रतिक्रिया