+
Search

ताजा अपडेट +

पपुलर +

समृद्दीको नगरी, घुन्चोकको बराह पोखरी

4KNationalDaily
२०७६ जेष्ठ १६, बिहीबार ०५:४१ बजे

बारपाक सुलिकोट गाउँ पालिका-४ अन्तर्गत घुन्चोकको बराहा पोखरी लेकसाईडमा एउटा ठूलो कृषि प्राबिधिक शिक्षालय (एग्रो-पोलिटेक्निकल ईन्स्टिच्युट) खुल्ने कुराको बहसले यतिबेला त्यस क्षेत्रलाई तताएको छ। यदि यो बहसले सार्थकता पाए घुन्चोक पोखरी एक समृद्दीको नगरी बन्ने पक्का पक्की नै भएको छ।

अस्ति फाल्गुणताका प्रचण्डे-बा ले गोर्खाको बारपाक-सुलिकोट गाउँपालिका अन्तर्गत सूर्य ज्योति स्कूलको आँगनमा टेकेर अत्यान्तै भाबुक मुद्रामा त्यस ऐतिहासिक क्षेत्रको बिकासको सन्दर्भमा केही गहकीलो कुरा बके।

आफुले थालेको जनयुद्दको तालिमस्थल तथा जनयुद्दले दिल बहादुर रम्तेल, शुरेश वाग्ले (बासु), आशाकाजी श्रेष्ठ, गुणनिधि देबकोटा, प्रेम ढकाल, कमला भट्ट, बिमला भट्ट, कौशिला गुरुङ आदि जस्ता होनहार शहिदहरु जन्माएको महत्वपूर्ण भूमि भएको हुनाले उनले यस क्षेत्रलाई आफुले बिकासको गुरु योजनाको केन्द्रबिन्दुमा राखेको बताए।

त्यस अबसरमा उनले बारपाक सुलिकोट क्षेत्रमा तुरुन्तै २५ शैय्याको अस्पतालकोलागि काम थाल्ने बताएका थिए भने त्यससंगै एउटा प्राबिधिक शिक्षालयको पनि पहल गरी हाल्ने बताएका थिए।

यदि प्रचण्डले बोलेको बोलीको सही ठेगान लाग्ने हो र उनको बोलीको टुंगो हुने हो भने, अब निकट भबिष्यमा नै बारपाक-सुलिकोट गाउँपालिका अन्तर्गतको क्षेत्रमा एउटा गतिलो एग्रो-पोलीटेक्निकल कलेज अर्थात् कृषि-प्राबिधिक शिक्षालय पनि खुल्नेछ। यसै कुरालाई आधार बनाएर गाउँपालिकाले अहिले करीब ५० देखि १०० रोपनी क्षेत्रफल बराबरको एकमुष्ट जमीन खोजीरहेको कुरा स्थानीय बुद्दिजीबी तथा वकील केदार ढकालबाट बुझिएको छ।

उनका अनुसार सम्भावित क्षेत्रहरुको प्रारम्भिक छनौटको शिलशिलामा बारपाक-सुलिकोट गाउँपालिकाले सौरपानीको घुन्चोक पोखरीको लेकसाईड सेरोफेरोको जमीनलाई मन पराएको बुझिएको छ। दुरदृष्टि भएका स्थानीय युवाहरुले जोश र जाँगरका साथ् जिम्मेवार ढंगले आफ्ना अभिभाबकहरुलाई आवश्यक जमिनकोलागि आनाकानी नगरी मनाउन सके तुरुन्तै त्यस क्षेत्रको बिकासमा कायापलट हुने सम्भाबना देखिएको छ।

यसै शिलशिलामा केदार ढकालको अगुवाईमा केही दिन पहिले पोखरीको चौरमा बिकास प्रेमी गाउँलेहरुको एक अनौपचारिक बैठक पनि बस्यो।

छोटो समयको सूचनाको आधारमा डाकिएको बैठक भएकोले उक्त बैठकले बिस्तृत रुप भने लिन सकेन तरपनि पोखरी वरपर आबश्यक जमिन उपलब्ध गराउने बारे छिट्टै सहमतिमा पुग्नेमा आशाबादी हुँदै प्रारम्भिक चरणको बैठक टुंगियो।

बैठकले सम्भावित साईटको लागि पोखरी किनार देखि टुनिस्वाँरो तथा डुंडेको गैह्री र थुम्की डाँडालाई समेत बैकल्पिक स्थानको रुपमा औंल्यायो।

साँच्चै नै भन्नु पर्दा घुन्चोक सौरपानीको बराह पोखरी-लेक आफैंमा सुन्दर प्राकृतिक ताल थियो। छेउमा भुवान परेर मात्रै तालको अस्तित्व करीब करीब निमिट्यान्न नै भैसकेको अहिलेको अबस्था छ। वरिपरिको खेतीयोग्य जमीनमा पनि बाँदर आतंकले गरिखान नदिईरहेको अबस्था छ।

यसको बिकल्पमा यदि कृषिजन्य उद्योग या कृषि सम्बन्धी प्राबिधिक शिक्षालय खोल्ने हो भने त्यसको पूर्वाधारकोलागि यो पोखरी नभईनहुने बैकल्पिक जलाशय साबित हुनेछ। यदि कृषिमा औधोगीकरण गर्ने हो भने देशैभर ठाउँ ठाउँमा यस्ता जलाधार या जलाशयहरु नभई हुँदैन।

यसको अलावा उक्त बिशाल जलाशयको माध्यामबाट वरपरका क्षेत्रमा सिंचाई तथा लघु जलबिद्युतको समेत् सम्भाबना रहेको छ। यसको मतलब जलाशयलाई पूर्बबत प्राकृतिक आकारमा ल्याउनु महत्वाकाँक्षी योजनाको पहिलो शर्त हुनेछ।

प्रेम ढकाल, रीता ढकाल र नन्दलाल ढकाल जस्ता शहिदहरु जन्मिएको गाउँमा अबस्थित यस बराह पोखरी क्षेत्रको बिकासको पूर्वाधारकोलागि प्रथम चरणमा साबिकको पोखरीको चौरले ढाकेको जमिन जतिको भागलाई यथाबत राखी गहिराईलाई मात्रै करीब ५० मिटर जति तल एस्क्याभेटरको प्रयोग गरी खनेर, वरिपरि ढुंगामाटो बगाएर ल्याउने भलपानीकोलागि फिल्टर जाली समेत राखेर बर्षैभरीको आकासे पानीलाई बृहत रुपले संचय हुनेगरी बिकसित जलाशय बनाईनु पर्नेछ।

ब्यबसायिक कृषिको दृष्टिकोणबाट यस्तो बिकसित जलाशयमा मत्यपालन ब्यबसाय गर्न सकिन्छ भने पर्यटकीय दृष्टिकोणले स-साना डुंगा सयरको ब्यबस्था गरी पर्यटन ब्यबसाय चलाउन सकिने सम्भाबना छ। यस्ता प्राबिधिक तथा ब्यबसायिक कलेजहरु खुलेका दुर्गम स्थान वरपरका बासिन्दाहरुको जीबनस्तर ह्वात्तै बढेको उदाहरणहरु पनि छन्।

देशभरबाट बृहत मात्रामा बिद्यार्थीहरु तथा कर्मचारीहरुको बार्है माहिना आवतजावत हुनेहुँदा पक्की बाटोघाटो, पानी, बिजुली तथा संचार सेवाको निरन्तर पहुँच पुर्याउनु पर्ने हुन्छ। यसै कारणले गर्दा वरपर क्षेत्रको जीबनस्तरमा आधुनिक र स्थायी तवरले शीघ्र सुधार आउने प्रबल सम्भाबना छ।

कृषि प्राबिधिक शिक्षालयको साथसाथै पर्यटकीय दृष्टिकोणले पनि घुन्चोक बराह पोखरी क्षेत्रमा एक बिशाल अन्तराष्ट्रिय रंगशालाको सम्भाबना पनि छ। गोर्खा जिल्लाको मनासलु र हिमचुली हिमालको काखमै रहेको यस घुन्चोक पोखरी वरपरको समथर भू-भागलाई मुनासीब ढंगले अधिग्रहण गरेर रंगशालामा परिणत गर्न सके विश्वका धनी र सौकीन फूटबल तथा क्रिकेटका खेलाडीहरुलाई आकर्षित गर्न सकिन्छ।

उक्त खेलकुद मैदान मध्ये एउटा फूटबल ग्राउण्डलाई उत्तर तर्फ गोलपोष्ट फर्काएर राख्न सके उत्तरी हिमाल तर्फ फर्किएको फूटबल ग्राउण्डमा खेलाडीहरुले हान्दै गरेको गोल सिधै हिमालको परिदृश्य (ब्याक्ग्राउण्ड सीन) सँग समेटिन्छ। जसले गर्दा मिडिया र टेलिभिजनहरुको माध्यामबाट मज्जाले विश्वभरका दर्शकको ध्यान नेपालतिर खिच्न समेत सकिन्छ।

विश्वको नाम चलेको फूटबल खेलाडीले हान्दै गरेको गोललाई लाईभ रुपले हाम्रो हिमचुली र मनासलु हिमाल तर्फ आकासिंदै गर्दा विश्वभरका नामुद टेलिभिजनहरुमा कति मनमोहक दृश्य देखिन्छ होला तपाईंहरु आफैं अनुमान लगाउनुहोस्।

भबिष्यको विश्वकप फुटबलमा या विश्वकप क्रिकेटमा यो अत्यन्तै दुर्लभ दृश्य परिदृश्यहरुलाई मज्जाले समेट्न सकिन्छ जुन बढो मनमोहक र दुर्लभ गोल साबित हुनेछ। त्यस्तै भलिबल, क्रिकेट र बास्केटबल ग्राउण्ड समेत यही घुन्चोकको बराह पोखरी भ्यालीमा अटाउन सक्छ।
जसले गर्दा मिडिया र टेलिभिजनहरुको माध्यामबाट मज्जाले विश्वभरका दर्शकको ध्यान नेपालतिर खिच्न समेत सकिन्छ। विश्वको नाम चलेको फूटबल खेलाडीले हान्दै गरेको गोललाई लाईभ रुपले हाम्रो हिमचुली र मनासलु हिमाल तर्फ आकासिंदै गर्दा विश्वभरका नामुद टेलिभिजनहरुमा कति मनमोहक दृश्य देखिन्छ होला तपाईंहरु आफैं अनुमान लगाउनुहोस्।

भबिष्यको विश्वकप फुटबलमा या विश्वकप क्रिकेटमा यो अत्यन्तै दुर्लभ दृश्य परिदृश्यहरुलाई मज्जाले समेट्न सकिन्छ जुन बढो मनमोहक र दुर्लभ गोल साबित हुनेछ। त्यस्तै भलिबल, क्रिकेट र बास्केटबल ग्राउण्ड समेत यही घुन्चोकको बराह पोखरी भ्यालीमा अटाउन सक्छ।

यसैगरी ढकमक्क लालीगुराँस फुल्ने घुञ्चोक बनको माडी क्षेत्र र थामपाखोलाई उत्कृष्ट पिकनिक क्षेत्र र हात्ती-सुँढेको शान्त बन क्षेत्रलाई प्राकृतिक योग चिकित्सा र ध्यान शिबीरमा परिणत गर्न सकिन्छ।

अझ थामपाखा र माडीको बिचमा एउटा अग्लो र आकर्षक ‘भ्यू-टावर’ राख्नु पर्ने कुराको साथै ताकु कुमाल्टारी-झ्याल्ला र भोर्ले देखि हुँडि खोलाको फेदी हुँदै शानन् डाँडाबाट उकालेर पोखरी माथिको काफल घारी जंगलको काँठकाँठबाट एउटा पक्की मोटरबाटोले हात्ती सुँढे डाँडा सम्म नै ईस्कर्टिंग गर्नु पर्ने सुझाब दिन्छन् अर्का रिटायर्ड प्रहरी अफिसर तथा स्थानीय बुद्दिजीबी शिब बहादुर ढकाल। यो स्थानको भ्यू-टावर बास्तबमा सबैतिरको दृष्टिकोणबाट अति नै उपयुक्त हुन्छ।

भीरको टाकुरामा सर्लक्क उँधोतिर सुँढ फर्काएर अडिएको हात्ती जस्तै अडिग यो “हात्तीसुँढे” पहराको ओढार योग, साधना तथा ध्यान शिबीरकोलागि अत्यान्तै उपयुक्त छ।

भीरको टाकुरामा सर्लक्क उँधोतिर सुँढ फर्काएर अडिएको हात्ती जस्तै अडिग यो “हात्तीसुँढे” पहराको ओढार योग, साधना तथा ध्यान शिबीरकोलागि अत्यान्तै उपयुक्त छ।

घुन्चोक बराह पोखरी क्षेत्र त्यति मात्रै सीमित नभएर वरिपरि दुर्लभ बन्यजन्तुहरु जस्तै पाटे बाघ, भालु, चितुवा, मृग, घोरल, अनेक थरी स्याल, हाप्सिलो, बनमान्छे, बाँदर हौंचील, कालीज, तित्रा, लुँईंचे, बथाने लाँचे, न्याउली, हलेसो, विभिन्न प्रजातीका ढुकुर, कुथुर्के, जुरेली, चील, बाज, भोटेकाग, कोकले, तोरीगांडा, बौडाईं, कल्चौँडी, चिबे, कोईली, फ्याउरो, न्याउरी मुसा, लोखर्के, मल्साप्रो, ओत, भीर मौरी, रानीचरी, कोटेरो, चि-सिक्यो फिस्टो, पुटिचिक फिस्टो, पाते फिस्टो, सोली फिस्टो आदि विभिन्न प्रजातीको फिस्टाहरु, माटीकोरे, गौंथली, दुर्लभ चमेरो, भ्याकुर, ढ्याप्सी, सुगा, पानी ढुकुर, गिद्द, दुर्लभ चरीबाघ आदिको बासस्थान भएको तथा काफल, ऐंसेलु, दुर्काफल, मचेईनु, लगायत अनेकथरी फलफूल र गिठा, भ्याकुर, बनतरूल आदि कन्दमूल पाईने घना जंगल तथा क्रिडास्थल, प्राकृतिक गुफा (सिता गुफा, भालु-दुलो आदि) हरु त्यस्तै अकल्पनीय भिरमा रहेको हात्ती सुँढेको ओढार, पहरा आदी शान्त अनि पबित्र ध्यानस्थल तथा प्राकृतिक तपोभूमी पनि हो। यहाँको थुम्का र डाँडाहरुमा ठुल्ठुला बौद्द बिहारहरु बनाउन पनि सकिन्छ।

घुन्चोक बन बोटानिकल दृष्टिकोणले विभिन्न बनस्पति जंगली फूल तथा प्राकृतिक जडिबुटीहरुको भण्डार पनि हो। विकासै गरौं भने घुन्चोक पोखरी क्षेत्र प्रसस्त सम्भाबना भएको ठाउँ हो। शिक्षा र अनुसन्धानकै कुरा गर्ने हो भने ठूल्ठूला विश्व बिद्यालयहरुको शाखा खोल्न सकिने सम्भाबना पनि छ यहाँ।

यदि अहिलेको उत्साहित माहोललाई नबिगारिकन अगाडी बढाउने हो भने माथि भनिएका सबै कुराहरु एकाएक सजिलै पूरा नहोला भन्न सकिन्न। यसकोलागि माथिल्लो निकाय यो क्षेत्रको बिकासकोलागि एकदमै सकारात्मक छ। यतिबेला बारपाक-सुलिकोट गाउँपालिकाको अध्यक्ष बिष्णु भट्ट त्यस क्षेत्रकै उद्दार र प्रगतिशील व्यक्तित्व मानिन्छन् भने माथिल्लो निकायमा सौरपानी पोखरीकै स्थानीय युवा पुष्प राज ढकाल उच्च श्रेणीको पद अर्थात् उप-सचीब जस्तो गरीमामय पदमा शिक्षा मन्त्रालयमै कार्यरत छन्।

उनले चाहे भने जुनसुकै प्रोजेक्टको फाईल तुरुन्तै फरवार्ड गरी फटाफट निर्णय गराउन सक्छन्। तर “ताई नताती बींड” मात्रै तातेर केही हुने वाला छैन।
तसर्थ घुन्चोक सौरपानी बराह पोखरी क्षेत्र वरपरका बासिन्दाहरुले अब यहीबेला आफुहरुपनि तातीएर कुनैपनि आनाकानी नगरिकन दीर्घकालीन सोच राखेर बारपाक-सुलिकोट गाउँपालिकालाई बिना शर्त एकदमै सजिलोसंग आबश्यक जमीन यथाशीघ्र उपलब्ध गराएमा त्यस क्षेत्रको उन्नति र प्रगति शीघ्र हुने सम्भाबना मैले देखेको छु। नत्रभने ताईको बींड मात्रै तातेर समाउनेको हात मात्रै डाम्छ, अरु केही हुने वाला छैन अनि जिन्दगीभर नै सबैले पछुतो मात्रै मान्नु पर्ला है!

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily