गाेरखा- गाेरखा क्षेत्र न १ का संघिय सांसद हरिराज अधिकारीले गाेरखाकाे विकास वारी र पारीलाई जाेड्दा हुने दावी गरेका छन् । गण्डकी गाउपालिका-१, मकैशिंकको भवानी माध्यमिक विद्यालयकाे ५९औ बार्षिक उत्सव तथा अभिभावक दिवस अवसरमा उने यस्ताे बताएका हुन् ।
बैकल्पिक राजमार्गकाे याेजना अगि बढाएकाे दावी गर्दै अधिकारीले पृथ्वि राजमार्गलाइ मात्र नभइ गाेरखातिरका भागलाइ समेटेर दिर्घकालीन याेजना अघि बढाउने पर्ने बताए ।
उनले गाेरखा तिरकाे भागलाइ समेटेर वैकल्पिक राजर्माग बनाउनका लागि पहल गरिरहेकाे बताए । भने ‘मेलै वैकल्पिक राजमार्ग निर्माण गर्नका लागी गाेरखा तिरका भागकाे अध्ययन गरी केन्द्रमा पेश गरेकाे छु । जहाँसम्म लाग्छ ३/४ वटा पुल निर्माण गर्न सके याे याेजना कार्यन्वयन हुन्छ । ‘
तिन तहकाे सरकार भएकाे भन्दै उनले विभिन्न अायाेजना तहगत सरकारले हेर्ने बताए । ‘राष्ट्रिय गाैरवकाे अायाेजनाहरू केन्द्र सरकारले हेर्छ। त्याे भन्दा अलि सानाे याेजना प्रदेश सरकारले हेर्छ र अरू अायाेजना स्थानिय तहले गर्छ । प्रदेश सरकार र स्थानिय तह भएकाे १ बर्ष भन्दै केहि कसकाे अधिकार कति भन्नेमा नै अन्याेल भएकाले विकासका समस्या अाएकाे छ । त्यसैले अब त्यसैले सबै मिलेर विकास याेजनामा लाग्नु पर्छ ।’
गण्डकि गाउपालिका जनप्रतिनिधिले अाफुलाइ उपेक्षा गरेकाे भन्दै अधिकारीले दु:ख ब्यक्त गरे । भने ‘गाउपालिका अध्यक्षलाइ फाेन गरे । उहाँले फाेन नै उठाउनु भएन । उपाध्यलाइ फाेन गरे अाउछु भन्नुभएकाे थियाे, पछि अाउनु भएन । कार्यकारीलाइ फाेन गरे । उहाँकाे फाेन नै बुछिएन किन यस्ताे उपेक्षा गरियाे । मलाइ प्रमुख अतिथि बनाएकाले यस्ताे गरिएकाे हाे कि किन हाे मैले बुझ्नै सकिएन ।’
उनले सिंहदरबारकाे अधिकार गाउँघरमा ल्याउने भनेकाे फेरी फर्केर उतै जाने सम्भावना रहेकाे भन्दै भने ‘सिंहदरबारकाे अधिकार गाउघरमा ल्याउनु भनेकाे अधिकारी फेरी उतै जाने त हाेइन । विभिन्न खालका याेजनामा हामी चुक्याै भन्ने संधियता नै धरापमा जान्छ । त्यसैले केन्द्रका याेजना, प्रदेशका याेजना र स्थानिय तहका याेजना सबै समेटेर नै हामी अगि बढेका मात्र सम्रग गाेरखाकाे विकास हुन्छ ।’
भिडियाे
प्रतिक्रिया