यूरोपियन लिग यूरोपा लिग अन्तर्गत फाइनल खेल दुई इन्ग्लिश प्रतिद्वन्दी चेल्सी र आर्सनल भिडेका थिए । लण्डनबाट झन्डै २५ सयौ माइल टाढा उक्त फाइनल खेल ओलम्पिक स्टेडियम बाकुमा भएको थियो ।
यूरोपा लिगमा नै प्रथम पटक भिडियो एस्सिस्ट रेफ्री प्रयोग गरिएको थियो । काराबो कप फाइनल हारेको चेल्सीले यस सिजन दोश्रो पटक अर्को कप फाइनल भिडेको हो भने यो फाइनल चेल्सीको प्रथम ट्रफीको दौड हो ।
नयाँ प्रशिक्षक मौरिजियो सारीका निम्ति समेत यूरोपा लिग ट्रफी पहिलो ट्रफी यस सिजन चेल्सीका निम्ति थियो ।
चेल्सी र आर्सनलले १९८ औ पटक भिड्दै थियो । यूरोपियन फाइनलको पाचमा चार खेल आर्सनलले हारेको छ । आर्सनलका निम्ति आज अन्तिम पटक पिटर चेक खेल्दै थिए ।
यूरोपा लिग फाइनल पहिलो हाफ उतिकै दबावमा थियो दुवै टिम भने कुनै गोल पहिलो हाफमा दुवै टिमबाट हुन सकेन । पहिलो हाफ चेल्सीले आर्सनललाई पोसेसनमा रोकेको थियो । चेल्सीले पहिलो हाफ २ सट अन टार्गेट थियो भने आर्सनल सट र बल प्रहारमा पछि देखियो ।
पहिलो हाफ चेल्सीले खेललाई दबाव दिएको थियो भने गोलको सम्भावना समेत चेल्सीले धेरै बनाएको थियो ।
दोश्रो हाफमा भने खेलको पूर्ण गोल भएको थियो ०-० ले सकिएको पहिलो हाफ अनि दोश्रो हाफको सुरुवात ४९ औ मिनेटमा नै लिगको ११ औ गोल चेल्सीका जिरुडले गरेका थिए ।
पुन पेद्रोले ७२ औ मिनेटमा गोल गरे भने हाजार्डले पेनाल्टी मार्फत ६५ औ मिनेटमा तेस्रो गोल गरेका थिए । आर्सनलका इओबीले ६९ औ मिनेटमा आर्सनलका निम्ति १ गोल फर्काएका थिए भने पुन ७२ औ मिनेटमा नै हाजार्डले अर्को गोल गर्दै टिमलाइ ४-१ को अग्रता दिलाए ।
खेल अन्तत चेल्सीले ४-१ ले जित्दै यूरोपा लिग ट्रफी उचाल्यो र यस सिजनको पहिलो उपाधि जित्यो । यस खेल नै चेल्सी स्टार एडेन हाजार्डका निम्ति अन्तिम खेल हुन सक्नेछ ।
चेल्सीले अन्तिम खेल सुपर कप च्याम्पियन लिग बिजेता लिभरपूल या स्पर्स मध्य एकसंग हुनेछ ।
भिडियाे
प्रतिक्रिया