गाेरखा- प्रथम मल्ले नकआउट भलिबलको उपाधि खरिबोट युवा क्लव अजिरकोट-२, खरिबोटले हात पारेको छ ।
अजिरकोट गाउपालिका-४, सिम्जुङको गगनपानी युवा क्लवलाइ ३-२ को सेटमा हराउदै खरिबोटले उपाधि हात पारेको हो ।
मुच्चोकको मल्लेमा मंगलबार भएको फाइनल खेलमा खरिबोटले गगनपानीलाइ पाराजित गरेको हो । प्राय गगनपानीले खरिबोटलाइ हराउदै आएको भएपनि धेरै समयपछि पहिलो पटक खरिबोटले उपाधि हात पारेको हो ।
खेलमा खरिबोटले वडा न २ को खिन्पु युवा क्लव र वडा न ४ को बालुवा युवा क्लवलाइ हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने गगनपानीले पोखराटार युवा क्लव र मादले युवा क्लवलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
कार्यक्रममा स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरू उपस्थित भएका थिए ।
र याे पनि
प्रतिक्रिया