फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने दाबी गरेका छन् ।
प्रवक्ता श्रेष्ठले नेकपा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए ।
प्रवक्ता श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक पनि राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने स्पष्ट पारे । राष्ट्रियतालाई मूल आधार बनाएर नै विधेयक अघि बढाउने पार्टीको धारणा रहेको उनले बताए ।
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधेयक स्वतन्त्र पत्रकारिता विरोधी भएको भन्दै संशोधन गर्न माग गरे । यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयक अहिलेकै अवस्थमा पास भए लोकतन्त्रको महसुस गर्न नसक्ने बताए ।
भिडियाे
र, याे पनि
प्रतिक्रिया