+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारिता, सोसल मिडिया र सामाजिक परिवर्तनको सम्भावना

4KNationalDaily
२०७६ जेष्ठ ८, बुधबार १२:१४ बजे

सोसल मिडिया भनेको एउटा यस्तो संचार माध्यम हो जसले हजारौँ सँग एकै चोटि दोहोरो वार्तालाप गर्न सकिन्छ। पहिले एक जनासँग वार्तालाप गर्न उसको ढोका ढक्ढक्याउनु पर्थ्यौ भने अहिले सोसल मिडियाको माध्यमले एकैचोटी हजारौँ ढोकाहरु आफ्नै कोठाबाट ढक्ढक्याउन सक्ने बनेको छ।

अहिले संसारमा परिवर्तनको लागि सोसल मिडियाले धेरै अहम भुमिका खेलिरहेको छ । १ अर्ब भन्दा मानिस यसको प्रयोग गर्छन् , धेरै जसो दिनहुँ । यसले नेपालमा पनि ठुलो फड्को मारेको छ। अहिले करि१४ लाख नेपालीहरु फेसबुक भन्ने एउटा सोसल मिडियाको एक प्रबिधि प्रयोग गर्छन् ।

यो संख्या केवल ६ महिनामा ३ लाखको दरले बढेको छ। करिब ६९% पुरूष छन् भने ३१% महिला छन् । अन्य सोसल मिडिया टुलहरु हुन् टुईटर, इन्स्टाग्राम, युटुब, लिंक्ड ईन, किकस्टार्टर, वोर्डप्रेस र सयौँ अरु छन् अहिले।

सोसल मिडिया चलाउन सजिलै छ, ईमेल चलाउन आँउछ भने सक्नुहुन्छ। सोसल मिडया चलाउने भनेको समय फाल्ने वा फजुल होईन । सोसल मिडियामा पनि कन्टेन्ट नै सबै भन्दा महत्वपूर्ण कुरा हो। सोसल मिडिया चलाउन सस्तो र झन्झट बिनाको छ।

नेपाली पत्रकारहरुले सोसल मिडियाको सहि सदुपयोग गरेर हाम्रो समाजमा अझ प्रभावकारी भुमिका खेल्न सक्नुहुनेछ । बाहिर संसार भरि त पत्रकारहरुले नै प्राय सबैभन्दा राम्ररी सोसल मिडिया माध्यम अँगालेका छन्।

न्युुुयोर्क टाइम्सका एक पत्रकार फारेद जाकेरियाको फेसबुकमा मात्र २ लाखभन्दा बढि सब्सकार्यर छन् अर्थात उनले जे लेख्छन् २ लाख जनाले तुरुन्तै थाहा पाँऊछन् र उहाँलाई नै तुरुन्तै जानकारी दिन पाँऊछन्। त्यसो भए कस्तो फाईदा लिन सक्नुहुनेछ त पत्रकार साथीहरुले सोसल मिडियाबाट? धेरै नयाँ संजाल र कन्ट्याक्ट बढाउन सक्नुहुन्छ ।

सोसल मिडिया प्रयोग गरेर कुनै कथा वा बिशयवस्तु बारेमा महत्वपूर्ण जानकारी हाँशिल गर्न सक्नुहुन्छ। हजारौँ, लाखौँ, दशौँ लाखौँ मानिसहरु तपाँईको काम प्रति आकर्षित गर्न र आफ्ना शुभचिन्तकहरु सँग राम्रो संबन्ध कायम गर्न सक्नुहुन्छ आफ्नो ब्रान्ड बनाउन र आफ्नो कामको बिश्वसनियता बढाउन सक्नुहुन्छ।

नयाँ धेरै भन्दा भन्दा धेरैको माझमा र चाँडो भन्दा चाँडो पुर्याउन सक्नुहुन्छ। दृश्य, साउन्ड, भिडियो कसरी समाचारमा ठोस उपयोग गर्न सक्नुहुन्छ । भेटिन गाह्रो सुचना वा मानिसहरुको नजिक पुग्न सक्नुहुन्छ। दोहोरो वार्तालपबाट अरुहरुको सोच बिचार राम्ररी थाहा पाउन सक्नुहुन्छ। सकारात्मक सामाजिक परिवर्तनमा कसरी धेरैलाई साथ लिन सक्नुहुन्छ ।

सोसल मिडियाका मार्फत पत्रकार साथीहरुले सामाजिक परिवर्तनमा अग्रणी भुमिका खेल्न सक्नुहुनेछ। हाम्रो नेपाली समाजलाई “के गर्ने” बाट “केहि गरौँ” मा परिणत गर्न सक्नुहुनेछ। समसाामयिक समाचार मात्र होईन, सामााजिक अभियानमा परिणत गर्न ठुलो भुमिका खेल्नु हुनेछ।

त्यसैले यस प्रबिधि प्रयोग गर्न अब बेला ढिला भइसक्यो। एकदम अबेला भैसक्यो ! अहिले नलागे कहिले, तपाँईहरु नै नलागे, को लाग्ने ? फेस्बुके चरित्र, फेस्बुके राजनीति भन्ने अनि खाली फेसबुकमा मात्रै झुम्मिने भन्ने गर्छन् भन्ने नकारात्मक दृष्टिकोणलाई कहिले अन्त्य गर्ने त ? तर यसको सहि सदुपयोग भने गर्नै पर्दछ ।

फाइल तस्बिर- गोरखा पत्रकार मञ्च’  

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily