+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा पोलिटब्युरो सदस्यमा गाेरखाका पाण्डे र अधिकारी

4KNationalDaily
२०७६ जेष्ठ ३, शुक्रबार २३:१९ बजे

गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे पोलिटब्युरो सदस्यको सुचीमा गाेरखाका दुईजना नेता परेका छन् । सुचिमा तत्कालीन माओबादीका हितराज पाण्डे र हरीराज अधिकारी पोलिटब्युरो सदस्यको सुचीमा परेका हुन् ।

पाण्डे नेकपा गण्डकि प्रदेशका अध्यक्ष छन् भने अधिकारी निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सांसद छन् । पाण्डे यसअघि माओवादी केन्द्रका तमुवान राज्य इन्चार्ज थिए भने अधिकारी सेक्रेटरी थिए ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका हुन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन ।

एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन । गएको वर्ष जेठ तीन गर्ने तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको थियो । औपचारिक रुपमा पार्टी एकता घोषणा भएको एक वर्ष पुगेको अवसरमा नेकपाले शुक्रबार पार्टीको पोलिटब्यूरो सदस्यहरुको पनि नाम सार्वजनिक गरेकाे छ ।

के हुन् पाण्डे

पाण्डेकाे जन्म बिस २०११ असोज ५ गते गोरखाको गाईखुरमा भएको हो । तत्कालीन नेकपा चौम (चौथो महाधिवेशन) बाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका पाण्डे ०५२ सालमा तत्कालिन नेकपा माओवादीको पूर्णकालीन सदस्यता लिएपछि केन्द्रीय सदस्य हुँदै सो पार्टीको पोलिटब्यूरो सदस्य भए ।

झण्डै २० बर्ष शिक्षक भएर काम गरेका पाण्डे तत्कालिन नेकपा माओवादीले सशस्त्र बिद्रोह सुरु गरेपछि भूमिगत भएका थिए । पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका भनेर चिनिने पाण्डे ईमान्दार नेतामा पर्छन्। सशस्त्र बिद्रोहकालमा गिरफ्तारीमा परेर यातना भोगेका पाण्डेले सशस्त्र बिद्रोहकै क्रममा पुत्र बियोग खेप्नु परेको थियो ।

उनी सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री र शिक्षामन्त्री भइसकेका छन् ।

काे हुन् अधिकारी

हरिराज अधिकारी  तत्कालिन नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य हुन् । उनको जन्म २०२४ सालको मंसिर १३ गते गण्डकी ५ गोरखामा भएको हो । उनले स्नातकसम्म अध्ययन गरेका छन् ।

ज्ञानमार्ग मावि घ्यालचोकबाट एसएलसी पास गरेका अधिकारीले गोरखा क्याम्पस गोरखाबाट आइएड र बीएड गरे । २०४१ सालमा नेकपा मसालको पार्टी सदस्यता लिंदै उनले राजनीतिक यात्रा सुरु गरेका हुन् । २०४५ सालमा उनी पार्टीको जिल्ला सदस्य भएका थिए ।

२०४७ सालमा तत्कालिन जनमोर्चाको जिल्ला सचिव भएका अधिकारी २०४३ सालदेखि ०४५ सालसम्म गोरखा क्याम्पसको स्ववियु सभापति समेत भए । उनले माओवादी जनयुद्धको समयमा गोरखा, लमजुङ, तनहु, पाल्पा र नवलपरासीको पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्लेका थिए ।

२०५४ सालमा पार्टीको उपब्यूरो सदस्य बनेका अधिकारी २०६० सालमा केन्द्रीय सदस्य भए । २०६० सालदेखि ०६३ सालसम्म विभिन्न ब्रिगेडमा सैन्य कमिसार बनेका अधिकारी पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधीसभाको निर्वाचनमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई हराउदै सांसद बनेका अधिकारी अहिले सांसद छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily